Untitled Document

कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल फरार, अख्तियारले जारी गर्यो सूचना

काठमाडौं, असार ८- कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन अस्वीकार गरेका छन् । महत र ढकाल अख्तियारमा उपस्थित हुन अस्वीकार गरेपछि पक्राउ गरी कार्वाही अघि बढाउन अख्तियारले उनीहरुलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको छ । लोकमानले बचाएका अभियुक्त बस्न्यात अख्तियार प्रमुख भएलगत्तै परे कार्वाहीमा […]

बाबा रामदेवका थप ६ औषधि गुणस्तरहीन ठहर, बजारबाट तत्काल फिर्ता लैजान निर्देशन

काठमाडौं, असार ७-सरकारले योगगुरु बाबा रामदेवको दिव्य फार्मेसी, उक्तराखण्ड, भारतबाट उत्पादित र पतन्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुँदै आएको थप ६ वटा औषधिलाई गुणस्तरहिन ठहर गरी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ । सर्वसाधरणको स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै गुास्तरहीन औषधी निर्माण गरेको पाइएपछि सरकारले सो आदेश दिएको हो ।

काठमाडौंमा फेरि समातियो दुई किलो अबैध सुन

मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र भेटियो दुई किलो सुन, दुई युवा पक्राउ काठमाडौं, असार ७- अबैध सुनसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित ती दुई युवा पक्राउ परेका हुन । रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे–४ बाट रसुवाको उत्तरगया गाउँपालिकामा बसाइँ सरी आएका वर्ष ३० […]

प्रधानमन्त्रीसंग उद्योग परिसंघको माग : कुल गार्हस्थ उत्पादनको न्यूनतम १० प्रतिशत पूर्वाधारतर्फ बजेट विनियोजन होस

नेपाल उद्योग परिसंघले कुल गार्हस्थ उत्पादनको न्यूनतम १० प्रतिशत पूर्वाधारतर्फ बजेट विनियोजन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । परिसंघका प्रतिनिधि मण्डलले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी सो माग गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो,अायल निगमको नाफा महिनामै ७६ करोड

निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।डिजेल र मट्टतिेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो । १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घट्यो।