Untitled Document

नेपालको प्राथमिकतामा सहकार्य गर्न चीन तयार : ऐतिहासिक बन्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण

शुभशंकर कँडेल/बेइजिङ  छिमेकी मित्रराष्ट्र चीनले नेपाल सरकारले तय गरेको प्राथमिकतामा सहयोग र सहकार्य गर्न तयार रहेको प्रस्ट पारेको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार दिउँसो ग्रेट हल अफ दी पिपुल्समा भएको वान टु वान र संयुक्त वार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालले प्राथमिकतामा राखेको एजेन्डामा सहयोग गर्न चीन तयार रहेको प्रस्ट […]

प्रधानमन्त्री ओलीको चीन भ्रमण : नयाँ इतिहास निर्माणको ऐतिहासिक चरण

सन्धिसम्झौता समझदारी र संयुक्त वक्तव्यमा उल्लेख भएका कुरा कार्यान्वयन नहुने विगतको परम्परालाई तोड्दै यसको अनुगमनका लागि संयन्त्र बन्नुले विशेष अर्थसमेत राख्नेछ । यी तमाम विषयहरू कार्यान्वयन हुनसके नेपाल चीन सम्बन्ध र आर्थिक विकासमा नयाँ इतिहास निर्माण हुनेछ । आनन्दप्रसाद पोखरेल मुलुकको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुखले छिमेकी मुलुकको औपचारिक भ्रमण गर्ने परम्परा नै बसिसकेको छ । त्यसमा […]

प्रधानमन्त्री ओली र राष्ट्रपति सिबीचको भेटबार्ता सकियो : नेपालको विकास र समृद्धिका लागि चीनले भरपुर सहयोग गर्ने प्रतिवद्धता

बेइजिङ, असार ६ प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सि जिनपिङबीचको बहुप्रतिक्षित भेटवार्ता सम्पन्न भएको छ । चिनिया कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि र ओलीबीच ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । राष्ट्रपति सिसँगको भेटवार्ता अघि प्रधानमन्त्री ओलीले तियानमेन स्वायरमा रहेको सहिद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । झण्डै एक घण्टासम्म चलेको […]

एमाले-माओवादी एकताबाट तुलाधर अति खुसी : महासचिव पौडेलमार्फत दिए सवैलाई बधाई अनि जनताको मनमा बसिरहने काम गर्न सुझाव

काठमाडौं, असार ६ नेपाली बाम तथा लोकतान्त्रिक आन्दोलनका एक अगुवा पदमरत्न तुलाधरले एमाले र माओवादी केन्द्रबीचको एकताले आफूमा खुसीको कुनै सीमा नरहेको बताउनु भएको छ । अस्वस्थ भई घरमै आराम गरिरहेका नेता तुलाधरलाई भेटन पुग्नु भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का महासचिव बिष्णु पौडेलसहितका नेतालाई तुलाधरले सो जानकारी गराउनु भएको हो । तुलाधर अस्वस्थ रहेको […]

डा. उपेन्द्र देवकोटा : छोरी मार्ने अपहरणकारीको धम्की चिर्दै गरिरहे बिरामीको शल्यक्रिया

गणेश बस्नेत पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहको सबै वाधा छिचोल्दै चिम्नीबाट आकासतिर धुवाँ उडिरहेको छ । धुवाँको प्रत्येक झोक्कासँगै एउटा जिन्दगी पलपल खरानी बन्दै गइरहेको छ । शवदाह गृह अनि छेउतिर उभिएर सबै एकनासले टोलाइरहेछन् । के हजारौँको पुनर्जन्म दिने डा. उपेन्द्र देवकोटा साँच्चीकै बिदा भएका हुन त सधैँका लागि ? हेल्लो पत्रकार भन्दै टाउकोमा […]