Untitled Document

एमाले बरिष्ठ नेता खनालको चेतावनी : उम्मेदवारमाथिको आक्रमण नरोकिए सरकारले गम्भीर परिणाम भोग्नुपर्छ

काठमाडौँ, मंसिर १ नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उम्मेदवारहरु माथिको आक्रमण रोक्न आवश्यक शान्ति सुरक्षाको प्रबन्ध नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ । एमाले केन्द्रीय कार्यालय, धूम्बाराहीमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ नेता खनालले त्यस्तो चेतावनी दिनुभएको हो । ‘अहिले देशब्यापी रुपमा उम्मेदवारहरुमाथि घातक हमला भइरहँदा सरकार के हेरेर […]

सचेत मतदातामा नेपाली कांग्रेसको अपील : यी काम गर्न हामीलाई मत दिनुहोस

आदरणीय मतदाताहरू हाम्रो पार्टीले मुलुकको चालू १४औं योजना र दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले गर्नुपर्ने कार्यहरू सम्वन्धमा विज्ञहरूवाट तयार पारिएको प्रतिवेदनको ८४ पृष्ठ लामो फेहरिस्त नेपाली कांग्रेसको घोषणपत्रको रुपमा यसअघि नै सार्वजनिक गरिसकेको छ । तैपनि हामीले गरेका र अव गर्नुपर्ने कतिपय ‘महत्वपूर्ण’ कार्यहरु त्यस घोषणपत्रमा समेट्न नसकिएकाले यो संक्षिप्त अपिल पुनः जारी गरिएको […]

यसरी हुन्छ एमाले–माओवादी घोषणापत्र कार्यान्वयन

हामीलाई ५ वर्षमा अल्पविकसित मुलुकको स्तरवाट विकासशील हुँदै सन् २०३० सम्ममा उच्च मध्यम आय भएको तथा सन् २०४२ अर्थात वि.सं.को यो शताव्दीको अन्त्य अर्थात २०९९ साल सम्ममा विकशित मुलुकको हैसियत समेत हासिल गर्नु छ । यो लक्ष्यमा पुग्नु हुँदैन भने कसैले भन्लान जस्तो लाग्दैन । हाम्रो विगतको उपलव्धि हेरेर जनमानसमा यो कुरामा पत्यार नभएको मात्र […]

डा. महेन्द्र विष्टको नजरमा अधिनायकवादको सन्त्रास

चुनाव जितेर आए पनि उसलाई सत्तामा जाने अधिकार छैन भनेर कुनै पनि लोकतन्त्रवादीले भन्न सक्तैन । मूल प्रवाहका नेपाली कम्युनिष्ट पार्टीहरू बहुदलीय प्रतिस्पर्धा मात्र हैन, बहुलवादलाई आत्मसात गरेर पूर्णरूपेण लोकतान्त्रिक प्रक्रियामा सामेल छन् । लोकतान्त्रिक प्रक्रियामा हार्दिकतापूर्वक स्वागत गरिनुपर्छ । कार्यक्रमगत आधारमा गुण र दोषको विश्लेषण हुनुपर्छ मुलुक आमनिर्वाचनमा होमिएको छ । यो निर्वाचन केवल […]

अष्टलक्ष्मी शाक्य : वाम तथा लोकतान्त्रिक आन्दोलनको धरोहर, नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत

    नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनको धरोहर हुनुहुन्छ, अष्टलक्ष्मी शाक्य । उहाँ सिंगो देशका महिलाहरुका लागि प्रेरणाको स्रोत समेत हुनुहुन्छ । काठमाडौँको सुविधा सम्पन्न परिवारमा जन्मिएर पनि कम्युनिष्ट आन्दोलनमा होमिनु भएकी एकजना योद्धा हुनुहुन्छ, शाक्य । काठमाडौँको मुटु झोछेँदेखि सिन्धुपाल्चोकको दुर्गम पिस्करसम्मको उहाँको यात्रा बडो रोमान्चिक छ । त्यसैगरी पिस्करदेखि नेपाली कम्युनिष्ट आन्दोलनको उर्वर भूमि पुर्वी भू […]