Untitled Document

कोमल ओली र कांग्रेस नेता बलिभद्र राना मगरको घोषणा : देश बचाउन र संमृद्धिका लागि एमालेबाहेकका पार्टी काम छैन

राप्रपा केन्द्रीय सदस्य कोमल ओली र कांग्रेस नेता बलिभद्र राण मगरसहित एक हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन । दाङमा आज आयोजित बिशेष कार्यक्रममा एमाले उपाध्यक्ष बामदेव गौतम र नेता शंकर पोखरेलले ओली र राण मगरसहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको जवाफ : आयोगले भन्दैमा बनिसकेको मन्त्री फिर्ता हुने कुरा आउँदैन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगले भन्दैमा बनाइ सकेको मन्त्री फिर्ता नहुने जवाफ दिनुभएको छ । प्रदेश र केन्द्रको निर्वाचन आचार संहिता लागू भइसकेपछि मन्त्रिमण्डल बिस्तार गरेर अमेरिका उडनु भएका प्रधानमन्त्री देउवाले आयोगले भने पनि सरकार अघि बढने भन्दै आफूलाई आचार संहिता लाग्न नसक्ने जिकिर गर्नुभएको हो ।

आफ्नै घर सम्झी आएँ : विदेशको अनुभव र शिक्षा त नेपालका लागि पो बढी महत्त्वपूर्ण रहेछ

सुरेशराज न्यौपाने सरकारी तथ्यांकलाई पत्याउने हो भने गत वर्ष मात्र करिब ४० हजार नेपाली भारतबाहेकका मुलुकमा अध्ययनका लागि गए । रोजगारीका लागि जानेहरुको संख्या त झनै कहालीलाग्दो छ । दैनिक १ हजार ५ सयको हाराहारीमा नेपाली कामको खोजीमा बाह्य श्रम बजारमा पुग्छन् । अमेरिका, बेलायत र अस्ट्रेलियालगायत विकसित मुलुकमा अध्ययनका लागि जानेमध्ये अधिकांशको लक्ष्य विदेशी […]

लोकदोहोरी गुरुङहरुको रोधीबाट आएको अध्यक्ष गुरुङको दाबी

काठमाडौं- नेपालभित्र गाइने लोकदोहोरी भनेको गुरुङहरुको भएको दाबी तमु कलाकार संघका अध्यक्ष राजु गुरुङले गरेका छन् । गुरुङहरुको रोधीबाट बाहिर आएको कारण लोकदोहोरी भनेको गुरुङहरुले यसको संरक्षण एवं सम्बद्र्धन गर्न जरुरी रहेको बताए । अरुले लोकदोहोरी मेरो हो भन्ने अधिकार छैन गुरुङले भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले यसको संरक्षण गर्ने अधिकार छ तर लोकदोहोरी […]

विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या

मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन ।