Untitled Document

बाढीग्रस्त तराईका जिल्लामा बिरामीको सख्या बढ्न थाले, स्वास्थ्यकर्मी नहुदा झनै विजोग

सप्तरी, साउन ३० बाढीग्रस्त तराईका जिल्लामा विभिन्न किसिमका रोग फैलिन थालेपछि त्यस क्षेत्रका बासिन्दामा त्रास फैलिन थालेको छ । विगत ६ दिनदेखि परेको वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा झाडापखाला, टाइफाइड, ज्वरो, रुघाखोकी, जिउ चिलाउने रोग फैलिएको हो । सप्तरीकोे राजविराज, हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, […]

केसीको अनसन तोडाउने सरकारी प्रयास, दुई वर्ष अस्पताल सञ्चालन भएपछि मात्रै मेडिकल कलेजको सम्बन्धन दिन सकिने नया व्यवस्था ।

काठमाडौ, साउन २७ मेडिकल कलेज सम्बन्धन दिने विधेयकमा व्यवस्था भएको मापदण्ड पुरा गर्नुपर्ने विषयमा सहमति जुटाउदै सरकारले डाक्टर गोविन्द केसीको अनसन तोडाउने प्रयास शुरु गरेको छ । बालुवाटारमा आज प्रधानमन्त्री शेरदबहादुर देउवाले बोलाएको सर्वदलिय बैठकमा विधेयकको दफा १३ मा मध्यमार्गी सहमति जुटाउदै केसीलाई मनाउने प्रयास शुरु गरेको हो । शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, […]

स्वाइनफ्लुबाट अहिलेसम्म १० जनाको मृत्यु, सरकार भन्छ : नियन्त्रण बाहिर छैन

काठमाडौ, साउन २५ सरकारले फैलिदै गएको मौसमी रुघाखोकी स्वाइनफ्लुका कारण अहिलेसम्म १० जनाको मृत्यु भएको जनाएको छ । पूर्वी तथा मध्य तराईमा संक्रमण फैलिदै गईरहेका बेला सरकारले अहिलेसम्म १० जनाको मृत्यु भएपनि महामारीको रुप नलिएको जनाएको हो । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्दै स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वाइनफ्लुका कारण हालसम्म ३ सय ८१ जना बिरामी देखापरेका र […]

स्क्रब टाइफस र स्वाइनफ्लुको संक्रमण पूर्वी नेपालमा पनि फैलियो, धनकुटामा एकको मृत्यु

धनकुटा, साउन २४ चितवन लगायतका २७ जिल्लामा फैलिएको स्क्रब टाइफस र स्वाइनफ्लुको संक्रमण पूर्वी नेपालका पहाडी र तराईका केही जिल्लामा समेत बढ्न थालेको छ । स्क्रब टाइफस रोगबाट धनकुटाको साविक छिन्ताङ २ की ८ वर्षीया बालिकाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा तीन दिनअघि ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको […]

चितवनमा स्क्रब टाइफसबाट एकको मृत्यु, स्वाइनफ्लुका बिरामी पनि बढ्न थाले

चितवन, साउन २३ चितवनमा स्क्रब टाइफसका विरामीको चाप बढ्दै जादा एक जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचारका क्रममा नवलपरासी रजहरकी २४ वर्षीया एक महिलाको उक्त रोगका कारण मृत्यु भएको पुष्टि भएको हो । कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले साउन २१ गते अस्पतालमा भर्ना भएकी ती महिलाको […]