काठमाडौं, १३ भदौ । सम्भोगका लागि दुई तीन दिन पहिलेदेखि नै दिन निश्चय गर्नु । संभोग गर्ने दिनभन्दा एक दिनअघि सकिन्छ भने नुन नखानु । संभोग गर्ने दिनमा सबेरै उठेर बुकुवा वा तेल लागाएर स्नान गर्नु । स्त्रीले आफ्ना पतिको रुचिअनुसार श्रीङ्गार गर्नु ।
संभोग गर्ने दिन बिहान सके खिर वा बदामको हलुवा खानु । बेलुका आफ्ना पतिको आज्ञाअनुसार उनलाई मनपर्ने खालको लुगा गरगहनाहरु सहितको पहिरन गरी अत्तर, सेण्ट लगाउने कपाल कोरी मिठो बास्ना आउने खालको तेलको प्रयोग गर्नु । अझ संभव भए बास्ना दार फुलको माला छड्के गरी कपालमा लगाउने र प्रसन्न चित्त रहने ।
पतिले पनि त्यस दिन शरीरमा बुकुवा अथवा तेल लगाई दाह्री कपाल मिलाएर नङकाटी स्नान गर्नु । स्नान गरिसके पछि चन्दन लागाई सफा सुकिलो लुगाहरु फेर्ने । पुरुषले पनि बास्ना आउने अत्तरहरु छर्केर र कपाल मिलाएर बास्नादार तेल कापालमा लगाउने र प्रसन्न चित्तमा रहने । हरेक संभोगको दिन यही रितले श्रृंगार गरी प्रसन्न चित्त भई स्त्री पुरष दुवैजना आफ्नो शयनकक्षमा जानु ।
पुरुषले आफ्नो दाहिने गोडा पहिले राखी त्यो पलङमा चढ्नु । स्त्री पुरुष दुवै जना शयनस्थानमा बसी मिठाई सुकुमेल जस्ता बास्तु खानु । दुवै जनाले परंपरागत मिठा मिठा बातचित गर्नु प्रेमका कुरा गरी हाँसखेल गर्नु ठट्टा गर्नु । अनि पहिले पुरुषले स्त्री लाई बाह्रिरती चुम्वन, आलिङ्गन, नखक्षत र दन्तक्षतले सन्तुष्ट पार्नु । जव स्त्री बाह्ररितले सन्तुष्टी भई द्रबित हुनेछन अनि प्रेमले मनवेग रोक्न नसकी आफै फलामको टुक्रा चुम्वकमा टाँसिन आएझैं पतिसंग टाँसीने छिन ।
तडयेद्धुवतिमड।गामीनी पृष्ठतः प्रियतमः स्वमुष्टिना ।
साभ्यसुयमिव सापि तं तथा क्रान्दति श्वसिति कामकातरा ।।
पुरुषले स्त्रीलाई आफ्ना काखमा राखेर त्यसको पिठ्युँमा विस्तारै विस्तारै मुड्कीले हान्नु । स्त्रीले पनि पुरुषलाई पिठ्युँमा मुड्कीले हान्दछे । यसो गर्नाले त्यो स्त्री मनविह्वल भई कमवेग रोक्न नसकी रोएको जस्तो लीला गर्दछे र लामो लामो सास फेर्ने थाल्दछे । जव स्त्रीमा प्रचन्ड कामवेग उत्पन्न हुन्छ अनि
अलिकचिवकगण्डां नासीकाग्रं च चुम्वन्
पुनरुपहितसीत्कं तालुजिह्वां च भुयः ।
छुरितलिखितनाभीमुलवक्षेय ऊरु :
श्लथयति धृतधैर्यः स्वापयित्वाथ नीबीम् ।।
पुरुषले स्त्रीको निधार,चिउँडो गला र नाँकको टुप्पोमा चुम्वन गर्नु । सुस्केरा गर्न थालेकी स्त्रीको ओठ र जिव्रोको चुम्वन गर्दै तिघ्रा, स्तन र बराङ्गहरुमा नखक्षत गरी धैर्यसँग आफ्नी प्राणेश्वरीलाई काखमा राखी उसको फरियाको गाँठो खुकुलो पार्दै लग्नु । उपयुक्त विधि गरीसके पछि पलङमा उत्तानो वा अन्य आसनमा राखेर मैथुनगर्दा हतार गरेर वा बलपुर्वक नगर्नु । धैर्यसँग विस्तारै विस्तारै क्रीडा गर्नु ।
येन सा भ्रमितदृष्टिमण्डलां स्यात्ततस्तु परिपीडयेद्भृशम ।
स्रास्ताता वपुषि मीलनं द्धशोमुच्र्छना च रतिभावलक्षणम् ।।
रतिकालमा जुन अङ्ग मर्दन गर्नाले स्त्री आफ्नो आँखा नचाउदछे त्यस अङ्गलाई खुव मर्दन गर्नु । आखा नचाएको देखेर दुख्योकी भन्ने भान पर्छ, तर त्यो दुखेर आँखा चलाएको होईन परन्तु अधिक आनन्द आउनाले आँखा नचाएको हो । यो कुरा युवतीका रतिको यौटा मुख्य रहस्य हो । सवैले जान्दैनन स्त्रीहरूको शिथिलता होइन आँखा चिम्लनु स्वस्थ हुनुको रहस्य हो । रतिमा द्रवित भई तृप्त भएको लक्षण हो । संभोगको पनि दश भेद छन
१. उपसूप्तक २. मन्थन ३. हुल ४. अवमर्दन ५. पीडितक ६. निर्घात, ७. बराहघात, ८. वृषघात,९. चटकविलसित, १०. सम्पुट । यी रतिभेद धेरैनै अश्लील हुनाले पूर्ण विवरण व्याख्या गरी लेख्न सकिएन ।
मोहनं मदनयुद्धमूचिरे तस्य ताडनमिहाड।मिष्यते ।
अर्तिरुपमति तत्र सीत्कृतं तच्च भुति विधमुच्यते बुधैः ।।
रति क्रीडालाई आचार्यहरू एक प्रकारको काम युद्ध हो भन्दछन् । बास्तवमा यो एउटा युद्धै हो । जुन प्रकारले युद्धमा दुई पक्ष हुन्छन, दुवै प्रतिद्धन्दी पक्षहरू आफ्नै जितको इच्छाले रणकौशलको परिचय दिन्छन्, उस्तै प्रकारले स्त्री, पुरुष पनि यस काम युद्धमा आफूलाई अधिक सुख आनन्द होस भन्ने ठानदछन् ।
दुबैको स्वार्थ भिन्न भिन्न हुन्छ तर अन्त्यमा एकै परिणाम हुन्छ दुबैमा परस्पर एउटाले अर्को चाँडै स्खलित होस भन्ने ठान्दछन । रति युद्धमा जो पहिले स्खलित भयो उसैलेको हार मानिन्छ । जो अर्को स्खलित भएपछि स्खलित हुन्छ उसैको जितहुन्छ । यसै कारणले पुरुषहरूले स्त्रीलाई पहिले बाह्ररतिले द्रवित गरी पूर्ण मदविहवल भएपछि रति क्रीडा गरे स्त्रीहरु शिघ्र द्रवित भई स्खलित हुन्छन् ।
अथ सात्म्यवशात्कृतबाह्यरतिः परतः प्रमदां कलयेत्समदाम् ।
स्मरमन्दिरमानसमानगतीः स्मरयन्त्रविधिः विदधीत पतिः ।।
यस प्रकार उपर्युक्त विधिले स्त्रीहरुको देश र स्वभाव अनुसार बाह्यरतिले रमणीलाई द्रवित गरी कामातुर स्मरमन्दिरको अनुसार आसन बाँधिकन सम्भोग गर्नु ।
क्षणं रटन्ती नृत्यती रुदती चातिविह्वला ।
नि : सहत्वं दायाति मुकुलीकृतलोचना ।।
जव स्त्रीहरू रतिको अन्त्यमा द्रवित भएर तृप्त हुन्छन त्यस बखतमा कहिले अस्फट स्वरले बोल्दछन शरीर नचाउँदछन् । रोएको जस्तो लीला गर्दछन र आँखा चिम्लेर मस्त पर्दछन ।
त्रन्दितं श्वसितमाचरेन्मुहुर्मोहनानतसमये नितम्विनी ।
अन्यदापि विगतार्तिनिः सहा कण्ठकुजितवती विराजते ।।
सम्भोग क्रीडा समाप्त हुने समयमा स्त्रीहरु द्रवित नभए मदमत्त भएर हुँ हुँ शव्द गर्नै गर्छन् ।
प्रतिक्रिया दिनुहोस्