काठमाडौं, साउन १६
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गर्नुभएको हो । महासंघको प्राकृतिक विपत्ति उद्धार कोष, विभिन्न सहकारी संघ÷संस्था, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) एवं राष्ट्रिय सहकारी बैंकबाट संकलन गरिएको रकम प्रदान गरिएको छ ।
चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र केसी, संचालक चन्द्र ढकाल, संचालक तथा प्रदेश सभा सदस्य तारा लामा तामाङ, संचालक खेम वहादुर पाठक, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष डिवी बस्नेत, राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा लगायतको उपस्थिति थियो ।
महासंघले यस अघि २०७५ साल चैत २८ गते बारा र पर्साको हावाहुरी प्रभावित परिवारको सहयोगार्थ ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेको थियो । सो अवसरमा लेखा संयोजक धर्मदत्त देवकोटाले आफूले प्रकाशन गरेको पुस्तक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्