एजेन्सी, १६ पुस । करिम बेन्जेमाले दुइ गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई शुक्रबार राति २–० ले पराजित गरेका छ ।
जितसँगै रियल शीर्षस्थानमा बार्सिलोनालाई एक अंकले पछि पारेको छ । कार्लोस एन्सेलोटीको टोलीले जोस जारिला मैदानमा कतार फिफा विश्वकप पछि पहिलो खेल खेलेको हो ।
फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले घाइते भएपछि कतार विश्वकप गुमाएका थिए । व्यवसायिक खेलकुदमा फर्किनु अघि बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए । पहिलो हाफ सकिन सात मिनेट अघि बेन्जेमाले पेनाल्टीमा अग्रता बनाएका थिए । खेल सकिन एक मिनेट अघि दोस्रो गोल गरेका थिए ।
खेलको ८२औं मिनेटमा फल गरेपछि भालाडोलिडका सर्जियो लिओन रातो कार्डको सामना गर्न पुगेका थिए । यस अघि खेलको १०औं मिनेटमा रियलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । जाभि सान्चेजले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई मार्को एसेन्सियोले सदुपयोग गर्न सकेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्