जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १५:५४

उपराष्ट्रपति निर्वाचन : चारजनाको उम्मेदवारी कायम


काठमाडौं, २८ फागुन । उपराष्ट्रपति पदको निर्वाचनमा मनोनयन दर्ता गरेका चारजनाको उम्मेदवारी कायम भएको छ । हिजो मनोनयन दर्ता गरेका उपर परेका उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले चारजना उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

मनोनयन दर्ता गराएका सत्तारुढ गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको नाम प्रकाशित गरिएको हो । जसपाले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राखेर प्रमिला यादवको उम्मेदवारी फिर्ता गराउने भएको छ ।