काठमाडौं, असोज ७
तराई मधेसबाट दशैँ नजिकै आइरहेको बेला मासुको लागि किनेर ल्याइएको एउटा राँगोले राजधानीमा आतंक मच्चाएपछि आज बिहान प्रहरीले गोली हानेर मारेको छ । राँगोलाई महानगरीय प्रहरी वृत्त टोलीले गोली हानेर मारेको हो । आतंक मच्चाउपछि नियन्त्रणमा लिन न्यूरोडमा गोली हानेर मारेको जनसेवाका प्रमुख डीएसपी बासु पाठकले बताउनुभयो ।
तराईबाट ल्याइएको राँगो विष्णुमती करिडोरबाट रन्थनिएर भागेको हुनसक्ने डीएसपी पाठकले बताउनुभयो । राँगोको आतंकबाट तीन जना सामान्य घाइते भएका छन् भने एक ट्याक्सीमा क्षतिसमेत पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्