जनता टाइम्स

१७ जेष्ठ २०८१, बिहीबार १५:५४

माधव नेपाल एमाले–माओवादीकै गठबन्धनमा रहनुहुन्छ, मधेश सरकार पनि अहिलेको समीकरणकै बन्छ : प्रधानमन्त्री


विराटनगर, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एस कांग्रेससँगको समीकरणमा नजाने दाबी गर्नुभएको छ । विराटनगरमा पत्रकारसँग कुरा गर्दै उहाँले माधव नेपाल एमाले-माओवादीकै गठबन्धनमा रहने बताउनुभयो । उहाँले यस विषयमा नेपालसँग आफ्नो कुरा भइरहेको सुनाउनुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रूपले नलिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो,‘आज बिहानमात्रै पनि मेरो उहाँसँग कुराकानी भएको थियो । कुराकानीका क्रममा नेपालले अहिलेको नयाँ समीकरणभन्दा बाहिर नजाने भनेर स्पष्ट पार्नुभएको छ ।’ प्रचण्डले मधेश प्रदेश सरकार पनि यहि समीकमरणकै बन्ने दाबी गर्नुभयो । उहाँले थप्नुभयो,‘माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिनुभएको थियो, तर अहिले उहाँ हामी भन्दा बाहिर जानु हुन्न ।’