काठमाडौं, जेठ २९ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीले संगठित सदस्यता नविकरणको समय थप गर्दै राष्ट्रिय कमिटीको अधिवेशनमा अतिथि व्यवस्थापन सम्बन्धी कार्यविधिलाई संशोधनसहित पारित गरेको छ ।
अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको अध्यक्षता र नेकपा एमालेका संगठन बिभाग प्रमुख स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा यही जुन ९ तारिक बसेको बैठकले संगठित सदस्य नविकरण गर्ने समय जेठ मसान्त अर्थात जुन १४ तारिकसम्म थप गरेको हो ।
बैठकले नेकपा एमालेको संगठन बिभागले समय थप गरेकोले सोही आधारमा जुन १४ सम्म संगठित सदस्यता नविकरण अनिवार्य रुपमा गर्न राष्ट्रिय कमिटीहरुलाई निर्देशन दिएको सचिव हेम शेर्पाले बताउनु भयो ।
‘संगठित सदस्यता नवीकरण तथा बिस्तार सम्बन्धमा केन्द्रीय संगठन विभागले संगठित सदस्यता नवीकरणका लागि आगामी २०८१ जेठ मसान्त अर्थात १४ जुन २०२४) सम्म समय थप गरेको हुनाले हालसम्म संगठित सदस्यता नवीकरण नगरेका राष्ट्रिय कमिटीहरूले उक्त समयावधीभित्र नवीकरण तथा बिस्तार कार्य अनिवार्य रुपमा सम्पन्न गर्न/गराउन यो बैठक निर्देश गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ, ‘साथै संगठित सदस्यता वृद्धि कार्यलाई ध्यानमा राख्दै अधिवेशन सम्पन्न भइसकेका, अधिवेशनको मिति तोकिसकेका र जिल्ला कमिटीस्तरका राष्ट्रिय कमिटीहरूले पनि छुट नयाँ संगठित सदस्यता सिफारिश तथा नवीकरण गर्नुपर्ने भएमा उक्त मितिभित्र सम्पन्न गरिसक्नु पर्ने छ ।’
अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले सवैलाई स्वागतसहित सुरुवात गर्नुभएको बैठकमा अध्यक्षता गर्दै अध्यक्ष सञ्जय थापाले बैठकका कार्यसूचीमाथि प्रकाश पार्नुभयो । बैठकको कार्यसूचीमाथि प्रकाश पार्दै अध्यक्ष थापाले गत ६ मे २०२४ सोमवारको दिन बसेको १७ औं सचिवालय बैठकद्वारा पारित निर्णयहरु अनुमोदनका लागि बैठकमा पेश गर्नु भएको थियो । सो प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।
यसैगरी बैठकले गत १६ मे २०२४ मा जारी “राष्ट्रिय अधिवेशनमा अतिथि व्यवस्थापन सम्बन्धी कार्यविधिलाई संशोधनसहित नयाँ ब्यवस्था गरेको छ । कार्यबिधिमा अधिवेशनको आयोजना गर्ने राष्ट्रिय कमिटीले पार्टीको प्रवास ईन्चार्ज, अन्तर्राष्ट्रिय कमिटीका पदाधिकारी, सम्बन्धित महादेश कमिटीका ईन्चार्ज तथा अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्यहरुलाई औपचारिक रुपमा अनिवार्य पत्राचार गरी आमन्त्रण गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
संगठित सदस्यता नवीकरण तथा बिस्तार सम्बन्धमा केन्द्रीय संगठन विभागले संगठित सदस्यता नवीकरणका लागि आगामी २०८१ जेठ मसान्त अर्थात १४ जुन २०२४) सम्म समय थप गरेको हुनाले हालसम्म संगठित सदस्यता नवीकरण नगरेका राष्ट्रिय कमिटीहरूले उक्त समयावधीभित्र नवीकरण तथा बिस्तार कार्य अनिवार्य रुपमा सम्पन्न गर्न/गराउन यो बैठक निर्देश गर्दछ
यसैगरी मञ्चका सम्बन्धित देशको राष्ट्रिय कमिटीको ईन्चार्ज, सम्बन्धित देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटीका सदस्यहरू, सम्बन्धित देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरू, महादेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, सम्बन्धित देशबाट प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय कमिटीका विभागीय पदाधिकारी तथा सदस्यहरू, सम्बन्धित देशबाट प्रतिनिधित्व गर्ने महादेश कमिटीका सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरूलाई पनि औपचारिक रुपमा अनिवार्य पत्राचार गरी आमन्त्रण गर्नुपर्ने ब्यवस्था गरिएको छ ।
कार्यबिधिमा राष्ट्रिय कमिटीले माथि उल्लेखित अतिथिको सूची अनुसार बरियताको आधारमा प्रमुख अतिथि, विशेष अतिथि, महादेश ईन्चार्ज तथा अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्यसम्म) र सम्बन्धित देशको राष्ट्रिय कमिटीको ईन्चार्ज अतिथिको रुपमा सम्बोधन गरी पत्राचार गर्नुपर्ने निर्देशन पनि दिइएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले हालै काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकबाट पार्टीले अबको २५ वर्षपछि पार्टी स्थापनाको १०० वर्ष पूरा गर्दै गर्दा अर्थात् वि.सं. २१०६ (सन् २०४९) सालभित्र राष्ट्रिय सङ्कल्प “समृद्ध नेपाल, सुखी नेपाली” लाई पूरा गर्ने दूरगामी महत्वको सङ्कल्प लिएको जानकारी गराउनु भयो ।
उहाँले यसको अर्थ आगामी २५ वर्षभित्र देशको अधुरो क्रान्ति खासगरी आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको कामलाई सम्पन्न गर्दै समाजवादको आधार निर्माण गर्नु भएको पनि स्पष्ट पार्नुभयो । प्रमुख अतिथि अधिकारीले, संगठनलाई बिस्तार तथा गतिशील बनाउन संगठित सदस्यता नवीकरण कार्य तोकिएको समयभित्र अनिवार्य सम्पन्न गर्ने, व्यापक रुपमा नयाँ सदस्यता बिस्तारमा जोड दिने, सदस्यहरूको स्तर वृद्धिमा ध्यान दिने र यी काम पूरा गर्नका लागि वार्षिक कार्य योजना तय गरी प्रशिक्षणको कार्यक्रमहरू सञ्चालन गर्ने र सबै तहगत कमिटीको बैठकमा समेत लघु प्रशिक्षणको व्यवस्था गर्नु पर्नेबारे बैठकलाई निर्देशन दिनुभयो ।
विशेष अतिथि तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईले बैठकलाई सम्बोधन गर्ने क्रममा कमिटीगत कार्य क्षेत्राधिकारभित्र रही राष्ट्रिय अधिवेशेनहरू सम्पन्न गर्न निर्देशन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्