काठमाडौं, असोज १७ । यौनकाण्डमा परेर सभामुख कृष्णबहादुर महराको पद गुमेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भावी सभामुख को हुने भन्ने बहश चुलिएको छ । उपसभामुखलाई राजीनामा गराएर सभामुख आफैले राख्ने निर्णयमा पुग्नुभएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसमेत संसदलाई सहज रुपमा अघि बढाउने उपयुक्त पात्रको खोजीमा रहनुभएको छ । यद्यपी यो बिषयले दशैंपछि मात्रै तीब्रता पाउने खुमलटार र बालुवाटारस्रोतले बताएको छ ।
सभामुखको चर्चा चल्नसाथ तात्कालिन संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको नाम सवैभन्दा पहिला सामाजिक सञ्जालमा आएको छ । सामाजिक सञ्जालमा आएको बिषयमा सञ्चारमाध्यमले सोधेपछि भने उहाँले आफू पहिला नै सो पदमा बसिसकेको र संबिधानसभा अध्यक्षसमेत भइसकेकोले नयाँलाई अवसर दिनुपर्ने भन्दै सो पदमा अनिच्चा देखाउनु भएको छ । तर उहाँको इच्छा नभए पनि फेरि सभामुख बन्नैपर्ने बाध्यता आउने संभावना नेकपाका नेताहरुले औल्याएका छन । जनताटाइम्ससँगको अनौपचारिक कुराकानीमा धेरैजसो नेताहरुले सभामुखका लागि नेम्वाङको बिकल्प छैन भन्ने आफ्नो निश्कर्ष सुनाउनु भएको छ ।
नेकपामा अव पूर्वएमाले र पूर्वमाओवादीको रुपमा कुनै पनि पद नबाँडने र योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने निर्णय अध्यक्षद्वय ओली र प्रचण्डले यसअघि नै गरिसक्नु भएको छ । यो निर्णयअनुसार पहिलो पात्र नेम्वाङ नै रहेको नेकपाका नेता–कार्यकर्ता मात्रै होइन, आम नागरिक जानकार छन
नेकपा संसदीय दलका उपनेता नेम्वाङले फेरि सभामुख नबन्ने प्रतिक्रिया दिएपछि नेताहरुले उहाँको बिकल्प छैन भन्दै यस्तो निश्कर्ष सुनाउनु भएको हो । ‘संसदलाई सही ढंगले चलाउन, जनतामा साँच्चीकै हाम्रो जननिर्वाचित संस्था हो भन्ने सन्देश प्रवाह गर्न र बिपक्षीलाई समेत साथमा लिएर समृद्धिको लक्ष्य हासिल गर्नका लागि नेम्वाङको बिकल्प छैन,’ नेकपा सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । संसदलाई सही ढंगले चलाउनका लागि नेम्वाङको बिकल्प नदेखेर नै अध्यक्षद्वय ओली र प्रचण्डले मानसिक रुपमा तयार हुन निर्देशन दिनुभएको थियो । तर पटक–पटक एउटै ब्यक्ति किन भन्ने प्रश्नसहित नेम्वाङले अरु बिकल्प रोज्न सुझाउनु भएको छ । उहाँको सुझावपछि थप परामर्शमा रहेको नेकपाको नेतृत्वले अन्तिममा बाध्यकारी निर्देशन दिएर सभामुखमा नेम्वाङलाई नै पठाउने संभावना रहेको छ ।
नेकपामा अव पूर्वएमाले र पूर्वमाओवादीको रुपमा कुनै पनि पद नबाँडने र योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने निर्णय अध्यक्षद्वय ओली र प्रचण्डले यसअघि नै गरिसक्नु भएको छ । यो निर्णयअनुसार पहिलो पात्र नेम्वाङ नै रहेको नेकपाका नेता–कार्यकर्ता मात्रै होइन, आम नागरिक जानकार छन । त्यसैले सामाजिक सञ्जालमा आफसे आफ सुवास नेम्वाङ नै सभामुख हुनुपर्छ भन्ने धारणा आएको हो । ‘अध्यक्षले जे निर्णय गर्छन, त्यही अन्तिम हुन्छ, ब्यक्ति हुन्छु हुन्न भनेर निर्णय हुने अवस्था छैन, आवश्यकताको आधारमा को सभामुख हुने भन्ने निर्णय हुन्छ, त्यो निर्णय जो कोहीले मान्नुपर्छ, उहाँले पनि मान्नुहुन्छ,’ सचिवालयका अर्का नेताले जनताटाइम्ससँग भने ।
स्रोतका अनुसार नेम्वाङलाई नै अध्यक्षद्वय ओली र प्रचण्डले सार्वजनिक रुपमा यस्तो अभिब्यक्ति नदिन निर्देशन दिनुभएको छ । पार्टीले जे निर्णय गर्छ, त्यही अनुसार अघि बढन भन्दै नेम्वाङलाई सार्वजनिक रुपमा अडान नराख्न दुवै अध्यक्षले निर्देशन दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्