विराटनगर, साउन १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो’ । उहाँले नेकाले नाम दिएको आधारमा
दुई-चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आबधिक समयमा नमिलेको बजेटलाई कानुन वमोजिम सच्याउने सकिने विचार व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्