काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त हुनुभएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक समितिका सदस्यद्वय गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुनुहुन्छ भने कार्की पूर्वऊर्जा सचिव हुनुहुन्थ्यो । कार्की सचिवबाट अनिवार्य अवकाशमा जानुभएको हो ।
ऊर्जा मन्त्री दिपक बहादुर खड्काले मन्त्रीस्तरीय निर्णय गर्दै प्राधिकरणका सञ्चालकहरु भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त गर्नुभएको थियो । दुबै सदस्यले वक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै सञ्चालक समितिको बैठकमा नोट अफ डिसेन्ट लेखेपछि मन्त्रालयले उनीहरुलाई स्पष्टिकरण सोधेको थियो र स्पष्टीकरणमा जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले दुवैलाई पदमुक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्