काठमाडौं, कात्तिक ३० । नेपालबाट पहिलो पटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीबीच आज भएको भर्चुअल सहभागीतामा विद्युत निर्यातको उदघाटन गरिएको छ । भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । उदघाटनसँगै विद्युत आज रातिदेखि बंगलादेश नेपालको बिजुली निर्यात हुनेछ ।
ऊर्जा मन्त्रालयलका अनुसार भारतको केन्द्रीय विद्युत नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरु गरिएको हो । यससँगै नेपाल–बंगलादेशबीच विद्युत व्यापार औपचारिक रुपमा सुरुवात भएको छ ।
प्रतिक्रिया दिनुहोस्