जनता टाइम्स

४ माघ २०८१, शुक्रबार १५:३२

नेकपा एस निकट समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष-महासचिवसहितको टीम प्रेस चौतारीमा प्रवेश


काठमाडौं, माघ ४ । माधव नेपाल नेतृत्वको नेकपा एस निकट समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेशप्रवेश गरेको छ ।

एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले सुवेदीसहितको टीमलाई मूलधारमा स्वागत गर्नुभएको हो । 

सूबेदीसहित संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलनसहितको टिम प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । सूबेदी नेतृत्वमा करिब ३१ जिल्लाका अधिकांश पदाधिकारी पनि प्रेस चौतारीमा समाहित भएको छन ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

२०७७ पुस ५ मा संसद विघटन भएपछि तत्कालीन नेकपा सम्बद्ध प्रेस संगठनमा प्रचण्ड-समूहअन्तर्गत प्रेस चौतारी पृष्ठभूमिका पत्रकारको नेतृत्व सुवेदीले गर्नुभएको थियो । पार्टी विभाजन भएपछि प्रेस चौतारीको उक्त समूहले समाजवादी प्रेस संगठन स्थापना गरेका हुन् ।

सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, रमेश सूबेदी, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गर्ने घोषणा गरिसक्नू भएको छ ।

अध्यक्ष सुवेदीले प्रेस चौतारीमा केन्द्रीय सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गरिसक्नू भएको छ ।