संगीता आचार्य/काठमााडौं । नेपाली कांग्रेसले सम्हालेको युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदमा थप ९ जना सदस्य मनोनीत हुँदा सत्तारुढ एमालेबाट एक जना मात्रै परेका छन ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको सिफारिसमा ९ जना सदस्य मनोनीत भएका हुन । यसअघि पनि अधिकांश कांग्रेस निकट रहेकोमा यसपटक पनि एक्लै मनोनीत गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टि देखिएको छ । मन्त्रालयमा मनोनीत भएर शुक्रबार पद तथा गोपनियताको सपथ गर्ने ९ जनामा ८ जना नेपाली काँग्रेस निकटका सदस्य छन भने एक जना मात्रै नेकपा एमाले निकटबाट नियुक्त भएका छन् ।
काँग्रेस निकट नियुक्त हुनेमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल, बिमला मल्ल, विकास अधिकारी, अधिराज रेग्मी, शुनिल शिवाकोटी, अर्णव चौधरी, राजकिशोरकुमार यादव र मोहम्मत मोजरे आलम रहनुभएको छ । एमाले निकट एक्ली दैलेख जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु केन्द्रीय सदस्य प्रतिमा खडका क्षेत्री हुनुहुन्छ ।
मन्त्रालयले विभिन्न युवाको क्षेत्रमा क्रियालिश २५ जना सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार १६ जना रिक्त सदस्य मध्ये ९ जना मनोनीत गर्दै शुक्रबार पद तथा गोपनियताको शपथसमेत गराइएको छ । परिषदमा यसअघि ९ जना सदस्य पदमा बहाल रहेका छन। अब ६ जना सदस्य मात्रै मनोनीत गर्न बाँकी रहेको छ । २५ जना सदस्य समोवशी सिद्धान्तको आधारमा युवा तथा खेलकुद मन्त्रालयले मनोनयन गर्ने राष्ट्रिय युवा परिषद् ऐन, २०७२ मा व्यवस्था रहेको छ ।
हाल परिषदमा बिनोदकुमार शाही, टिकाकुमारी कंडेल, सुनिताकुमारी चौधरी, मनजली चौधरी, रजनी कुमारी, मिना चदरा, ललिताकुमारी साह, जोहरबी चौधरी र शोभा बस्ताकोटी गरेर ९ जना यस अघि देखि नै पदबहाली रहेका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ को दफा ५ मा परिषद् गठनको व्यवस्था रहेको छ । जसमा युवा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री अध्यक्ष, सरकारले नियुक्त गरेको व्यक्ति उपाध्यक्ष रहने व्यवस्था छ ।
यसअघि मनोनीत पनि एक जना माओवादीबाहेक आठै जना काँग्रेस निकट छन । अहिले पनि एक जना मात्र एमालेबाट पारिएको छ । परिषद सबैको साझा हुनुपर्नेमा काँग्रेसको अखडा भएपछि सत्तारुढ दल पनि रुष्ट देखिएको छ । यसअघि मनोतिन सदस्यमा पनि मिना चदाराबाहेक सबै सदस्य तत्कालीन युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले मनोनीत गर्नुभएको हो । चदारा पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले माओवादीको कोटाबाट मनोनीत सदस्य हुनहुन्छ भने बाँकी आठै जना काँग्रेस निकटका सदस्य छन । परिषद् सबैको साझा हुनुपर्नेमा काँग्रेसको अखडा भएपछि सत्तारुढ दल पनि रुष्ट देखिएको छ ।
जसमा युवाको हक, हितको संरक्षण र सम्बद्र्धनमा विशेष योगदान पुर्याएका युवामध्येबाट आदिबासी तथा जनजाति, मधेशी, दलित, अपांगता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी १५ जना, उद्योग, कृषि, खेलकुद, विज्ञान, प्रविधि तथा वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जना र युवा सम्बन्धी विभिन्न संघ, संस्थाबाट प्रतिनिधित्व हुनेगरी ४ जना सदस्य युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गर्ने व्यवस्था छ । त्यसरी मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व गराइने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार मन्त्रालयले ९ जना परिषद्को सदस्य मनोनित गरेको हो ।
एमालेबाट सदस्यमा परेकी एक्ली प्रतिमा खेलकुदमन्त्री चौधरीसँग पत्र बुझ्दै
मनोनीत सदस्यको पदावधि ४ वर्षको हुने व्यवस्था छ । तर मन्त्रालयले चाहेको खण्डमा जुनसुकै बेला पनि मनोनित सदस्यलाई पदबाट हताउन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी परिषद्को अध्यक्ष रहेका छन् भने तत्कालीन प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नियुक्त गरेका सुरेन्द्र बस्नेत उपाध्यक्ष हुनुहुन्छ । यस्तै अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, युवा मन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिव पदेन सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्