जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १५:५४

जनसांस्कृतिक महासङ्घको महाधिवेशनदेखि इतिहास र आगामी कार्ययोजनासम्मका नालीवेली


नुन लिन हाट जान परेन तेल पेल्न तोरी छर्न पदैन, दाल गह्रामा छर्न परेन । पोकोमा आउँछ चाउचाउ अब खाली हामीलाई पूजिवदले घेरेपछि चाहियो पैसा । त्यसो परनिर्भर बनियो पैसाको पछि दौदिन्छ । परनिर्भताबाट उन्किनका लागि प्रत्यक कलाकार साहितयकार आवश्यकता अनुसारको जसरी पनि उत्पादनसँग जोडिएर जानु पर्यो विदेशमा गएर ल्याएको पैसाले सामान किन्दा उतै जान्छ । फेरी घरी जान्छ हाम्रो दुःख नगर्ने बानी नगर्ने सुख खोज्ने चिन्तन बढेको छ । हाम्रो चिन्तन रुपान्त्रण गर्न जनसांस्कृतिक महाघङका कलाकारले आफूलाई कलामा निखार्दै वस्तुगत परिस्थती बुझेर आफू व्यावहारिक रूपमाउत्पादन सँग जोजिएर आत्म निर्भरतातर्फ लाग्नुपर्ने देखिन्छ

वाशिष्ठ

नेकपा एमाले निकटको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ महाधिवेसनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्दै आफ्नो शुभकामना मन्तव्य दिएका थिए । उद्घाटन शत्रमा देशका वरिष्ठ लेखक साहित्यकार, प्राध्यापक, बुद्धिजीवी, कलाकार, संस्कृतिकर्मी, राजनीतिक नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रिय सम्मेलन उद्घाटन पूर्व महासङ्घले दर्जनौँ विभिन्न जात जाति समुदाय तथा संस्कृति झल्किने झाँकीका साथ प्रभातफेरी समेत सम्पन्न गरेको थियो ।

यहि २०८२ चैत्र १७ र १८गते काठमाडौँ जमल स्थित राष्ट्रिय नाचघरको सभाहलमा नवौँ राष्ट्रिय अधिवेसन सम्पन्न भएको छ नवौँ राष्ट्रिय अधिवेसनबाट कलाकार भूमिका सुब्बाको अध्यक्षतामा सर्वसम्मत रूपमा ९९ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसको उपाध्यक्षमा अशोक राई, महिला उपाध्यक्षमा नमुना शर्मा महासचिवमा आर सी न्यौपाने, उपमहासचिवमा होमराज श्रेष्ठ, चार सचिव पदमा पदम रोकाया (प्रचार), सुवाश मल्ल (विदेश), अशोक प्यासी राई (अर्थ ) र अमृत खाती (सङ्गठन) हेर्नेगरी पदाधिकारीमा चयन हुनुभएको छ ।

त्यस्तैगरी खुला केन्द्रीय सदस्यमा दामोदर भण्डारी, सञ्जय वान्तवा राई, निरुता खत्री, एकराज थापा, रोशन थापा, सीमाकुमारी मास्के, यसोदा अधिकारी, विद्या घिमिरे, गङ्गाराम कँडेल, सीमा थापा, हुम गैरे, माया थापा, किरण थापा, प्रकाश गौतम, आशा गौतम चयन हुनुभएको छ । यस्तै खेला केन्द्रीय सदस्यमा ओमभक्त सेढाईँ, छेवान तेन्जेन लामा, निशा लिम्बू, रानु थापा मगर, रुपक परियार, नन्दु उप्रेती, प्रकाश भट्टराई, ईन्दिरा योन्जन, रमेश कुँवर, मोतिराज खनाल, विकास चौधरी, वालिका पौड्याल, शिव शाह, मीनाकुमारी बराल, योगेश लामा, अच्यूत घिमिरे, रुपक खनाल, राजेन्द्र सापकोटा, हरिप्रसाद कोइराला चयन हुनुभएको छ ।

त्यस्तै गरी भूगोल कोशी प्रदेशबाट रगुन गुरुङ, केशव रिमाल, सिरेन वान्तवा राई, दुर्गा पराजुली, मोहन विश्वकर्मा, अरुणा सुवेदी, रमेश निरौला, चयन हुनुभएको छ । मधेशबाट लक्ष्मण मण्डल रहेका छन् भने केही पद आवश्यकता अनुसार पछि पुर्ति गरीने जनाइएको छ । त्यस्तै गरी बागमती प्रदेशबाट छोडुङ लामा, मिलन तिमिल्सेना, भिमा मैनाली, वशन्त कुमार खत्री, शुभमाया कपाली परियार, तारा के.सी, संजीव वाइवा चयन भएका छन् । त्यस्तै गरी गण्डकी प्रदेशबाट विष्णु बराल, पदमराज ढकाल, सरला पाण्डे, छविलाल सुवेदी, जीवन दाहाल, तारापति सुवेदी चयन हुनुभएको छ ।

लुम्बिनी प्रदेशबाट थानेश्वर अधिकारी, पुरुषोतम भण्डारी, राजेन्द्र जि.सी., लक्ष्मण खड्का, शर्मिला बूढा मगर, कर्णबहादुर गन्धर्व चयन हुनुभएको छ । त्यस्तैगरी कर्णाली प्रदेशबाट चन्द्रप्रसाद ढकाल, टेकबहादुर गिरी, हेमप्रकाश भुषाल, तुलसीकुमारी विश्वकर्मा, बिर्खबहादुर मल्ल चयन हुनुभएको छ । त्यसैगरी सुदूरपश्चिमबाट दीपक भण्डारी, गगनबहादुर सिंह, कुमारी दिपा रोकाया, लक्ष्मी आचार्य चयन हुनुभएको छ ।

त्यस्तै प्रदेशका अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार कोशी जेबी थुलुङ, मधेश आभाष श्रेष्ठ, बागमती होम सुवेदी, गण्डकी शङ्र बिरही गुरुङ, लुम्बिनी तिलक लामिछाने, कर्णाली बालकृष्ण सुनार, र सुदूरपश्चिम कृष्ण पाण्डे पदेन सदस्य रहनु हुनुभएको छ । त्यस्तै सातवटा विधागत सङगठनका अध्यक्ष पदेन केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार जसाहित्यिक सङ्घबाट नर्मदेश्वरी सत्याल, सामाजिक सांस्कृतिक अध्यन सङ्घबाट रमेश शुभेच्छु, भाषा तथा लोक साहित्यक सङ्घबाट प्रतिभा पुन, ललतिकला सङ्घबाट एन. बि गुरुङ, जनपक्षीय चलचित्र सङ्घबाट वसन्तराज रिजाल, जन नाट्यकर्मी सङ्घबाट किशोर अनुराग, जनसङ्गीत कलाकार सङ्घबाट आकाश थापा चयन हुनुभएको छ ।

त्यसैगरी सङ्गठनलाई व्यवस्थित गर्न विभिन्न आयोगको गठन गरिएको छ । जसअनुसार प्राज्ञिक परिषदको अध्यक्षमा प्रा. केशव सुवेदी, लेखा परिक्षण आयोगमा नारायण परिश्रमी, अनुशासन आयोगमा माधव प्रधान, निर्वाचन आयोगमा शुष्मा राजभण्डारी चयन हुनुभएको छ । निवर्तमा अध्यक्षलाई सल्लाहकार संयोजकमा चयन हुने विधानको व्यवस्था अनुसार हुने प्रेमनाथ अधिकारी चयन हुनुभएको छ । आयोगको सदस्य आवश्यकता अनुसार पछि पूर्ति गरिने जनाइएको छ । त्यस्तै कामलाई चुस्त दुरुस्त बनाउँन महासङ्ले एक सचिवालय गठन हुने र विभिन्न विभागहरु गठन गरिने जनाएको छ ।

मोदनाथ प्रश्रितको अध्यक्षतामा २०४४ साल पुस १९ गते स्थापना भएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले आफ्नो ३७औँ स्थापना दिवस समेत मनाइसकेको छ । यसैबीच मोदनाथ प्रश्रित (४४–५२) पहिलो र दोस्रो कार्यकाल अध्यक्ष हुनुभएको थियो । जेवी टुहुरे(२०५२–२०६२) तेस्रो र चौथो कार्यकाल अध्यक्ष रहनुभएको थियो । विजय सुब्बा (२०६२–२०६९) पाँचौ र छैठौँ कार्यकाल अध्यक्ष हुनुभएको थियो । खगेन्द्र राई सातौँ (२०६९–२०७८), आठौँ प्रेमनाथ अधिकारी (२०७८–२०८२) अध्यक्ष रहनुभयो । नवौँ कार्यकालमा इतिहास बनाउँदै महिला अध्यक्षका रुपमा भूमिका सुब्बाको काँधमा नेतृत्व आएको छ ।

नवौँ अधिवेसनबाट निर्वाचित अध्यक्ष भूमिका सुब्बाले लामो समय कलामा गरेको संस्था भएको र मुलुक भरीका कलाकारलाई मिलाएर अगाडी लिने र संगठनलाई चुस्त र दुरुस्त बनाआजको सामाजिक राजनितिक परीस्थीतिमा देश सामन्तबादि चरण बाट संघीय लोकतान्त्रकि गणतन्त्रमा अगाडि बढेको जनाउनु भयो । उहाँले अगाडि भन्नुभयो, ‘आजको मुलुक लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आईपुगेको भए पनि सामन्तवादको अवशेषहरू अझै बांँकी रहेका छन् । त्यसैले सामन्तवादको अवशेषको अन्त्य गर्दै सामाजिक न्याय र सांस्कृतिक रूपान्तरणका लागी महासङ्घको आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउनु जरुरी रहेको छ । मैले सङ्गठनलाई अगाडी बढाउँन आफ्नो कार्यकालमा केही नमूना कार्ययोजना अगाडि सारेकी छु ।’

अध्यक्ष सुब्बाले ‘महासङघमा आबद्ध जनसांस्कृति कर्मिहरूलाई पार्टीको सिद्दान्त, नीति, र कार्यक्रमहरूको बारेमा वैचारिक रूपमा स्पष्ट बनाउन नियमित प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने’ योजना अघि सार्नुभएको छ । यसैगरी जनसंस्कृति कर्मिहरूको कलालाई व्यावसायिक र प्राज्ञिक स्तरको बनाउन कार्य योजना बनाउने, जनबादी कला साहित्य र संस्कृतिको क्षेत्रमा सिर्जना गरीएका गीत सङ्गीत लेख रचनाहरूको खोज गरी व्यवस्थीत गर्न अभिलेखीकरण गर्ने, मिशन ८४ लक्षित मेचि माहाकाली अभियान संचालन गर्ने, प्रगतिशील धारका अन्तराष्ट्रिय सांस्कृतिक सङ्घ संस्थाहरूसँग सम्बन्ध स्थापीत गर्ने र अन्तराष्ट्रिय कार्यक्रमहरूको आयोजना गर्ने प्रतिवद्धता उहाँको छ ।

यसैगरी महासचिव आर. सी. न्यौपाने नयाँपन दिने गरी काम गर्ने बताउनु भयो । जनसांस्कृतिक महासङ्घ कला र साहित्य सिर्जनाको क्षेत्रमा मात्रै कृयाशील नभएर सामाजिक न्याय र रूपान्तरणको उदेश्य बोकेर विचारधारात्मक क्षेत्रमा क्रियाशील वैचारिक रुपमा जबजको सौन्दर्य चिन्तनलाई स्थापित गर्न जनतामा विचार समेत दिनुपर्ने भएकाले आपूmले कला साहित्यमा मदन भण्डारी, जबजको सौन्दर्यशास्त्रीय विमर्श, संस्कृति जस्ता महत्वपूर्ण कृति तथा पत्रिकाहरू प्रकाशन गर्न भूमिका खेलेको र अबका दिनमा मुलुकभरीको कलाकार र नेतृत्वलाई वैचारिक नेतृत्व र प्रशिक्षण दिनुपर्ने र विचारले पनि प्रतिवद्ध बनाउनु पर्ने भएकाले जवजलाई मूल मार्गदर्शक सिद्धान्त मान्दै सोहि अनुसार जनतामा कलामार्फत जागरण ल्याउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले आफ्नो कार्यकालमा बाँकी रहेका अधुरा काम गर्न सघाउने बताउनु भयो । अधिकारीले भन्नुभयो, ‘हामीले राष्ट्रिय जनसांस्कृतिक महासङ्घको नवौँ राष्ट्रिय महाघिवेसन काठमाडाँैमा भव्यताका साथ सम्पन्न गरेका छौँ । पहिलो पटक ऐतिहासिक रुपमा २१ जातिका जात जातिका झाँकि सहित प्रभातफेरी गरेर महासङ्घको राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छौँ । ऐतिहासिक यस मानेमा हो कि मुलुकको प्रधानमन्त्रीलाई बोलाएर उद्घाटन गरेका छौँ ।’

यसअघि अन्य राजनीतिक दलका समान सङ्गठनका नेतृत्वलाई निमन्त्रणा गर्ने प्रचलन थिएन । यसपटक अन्य पार्टीको समान पदका संस्कृतिकर्मीलाई समेत निमन्त्रणा गरिएको थियो । जसमा वरिष्ठ कलाकारबाट नन्दकृष्ण जोशी, अखिल नेपाल जनसांस्कृतिक महासङ्का अध्यक्ष भिम कुमाखी, नेपाली काँग्रेसको सांस्कृतिक फाँटबाट तिर्थ थापा, नेकपा समाजवादीको सांस्कृतिक फाँटबाट उदय श्रेष्ठ र राष्टिय जनसांस्कृतिक महासङ् नेपाल समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमाला, नेकपा विप्लव सीका महासचिव,कुसल बोगटी प्रलेसका अध्यक्ष देवी दुलाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य, सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपति निशा शर्मा पूर्व सदस्य सचिव श्याम तमोट, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छाली लगायतका कलाकारलाई आमन्त्रण गरिएको थियो ।

महासङ्घको इतिहासमा यसरी अन्य सङ्गठनसँगको भातृत्वले अपनत्वले आवश्यकता पर्दा नेपालमा गणतन्त्र स्थापनाका लागि सबै स्रष्टाहरु एकै मञ्चबाट लडाई लडेकाले गणतन्त्रवादी शक्तिहरू आवश्यक पर्दा एक ठाउँमा उभिन सक्ने उदात्त भावनाको सन्देश दिनका लागि आमन्त्रण गरिएको निवर्तमान अध्यक्ष प्रेमनाथ अधिकारीले जनाउनु भयो ।गणतन्त्रवादी शक्तिलाई एक ठाउँमा उभ्याउन चाहन्छौँ भनेर हिजो बजारमा बिकेका स्रष्टालाई कलाकार राज्यका सम्पत्तिका रुपमा अंगिकार गर्दै यसबाट सम्माननीय प्रधानमन्त्रीका नाताले सिंगो संस्कृतिकर्मीलाई सम्बोधन गरिदिएकोमा धन्यवाद दिन चाहन्छु । अन्य दलका संस्कृतिलाई बोलाएकोमा बाहिरबाट सकारात्मकक टिप्पणि आएका छन् । नऔँ राष्ट्रिय अधिवेसनले आफूलाई उत्साहित बनाएको जनाउनु भयो ।

जहाँसम्म उत्कृष्ठ सक्षम नेतृत्वको कुरो छ । नेकपा (एमाले)को वर्तमान अवस्थामा चुनाव भन्दा सर्वसम्मत हुनुभनेको सङ्गठन एक ढिक्का भनेको आम नेपाली जनमा प्रभाव रहेको छ । यसबाट सकारात्मक सन्देश गएको जनाउनु भयो । हाम्रो यस नवौँ महाधिवेसनमा नेतृत्वलाई मैले सहज तरिकाले हस्त्रान्त्रण गर्न छाति फराकिलो बनाएर खुसीका साथ नौलो पुस्तालाई हस्त्रान्त्रण सम्पन्न गरेको छु । यो पनि एक ऐतिहासिक कार्यक्रम रहेको छ । जनसांस्कृतिक महासङ्घको ३७ वर्षको लामो यात्रामा महिलालाई नेतृत्व हस्त्रान्त्रण गर्न पाउँदा विभेदको अन्त्य गरेको पनि जनमानसमा सन्देश गएको छ ।

त्यसर्थ हामीले जे काम पूरा गरेका छौँ । सक्षम र समाजमा सकारात्मक रूपमा उत्साहित भएको छु । उद्घाटन कार्यक्रममा ७७ जिल्ला सात प्रदेश, सात घटक, सल्लाकार कलाकार सबै क्षेत्रबाट उपस्थित भएर सम्मान गर्नमा सहमतिका साथ आउनुभएका प्रतिनिधि प्रयवेक्षेक अतिथीलाई धन्य वाद ज्ञापन गर्दछु । भर्खरै नौलो कार्य समितिको पदस्थापन भएकाले सङ्गठनलाई अगाडि बढाएर चलाएमान बनाउँने कार्यक्र ल्याएर जनतामा जाने काम गर्नेछ भन्ने लागेको छ । विर्तमान अध्यक्षका नाताले संगठनलाई अगाडी बढाउँन सदा साथमा रहने छु भन्ने सन्देश सम्प्रेशण गर्न चाहन्छु । मेरा भनाईहरू राखिदिनु भएकोमा तपाइको लोकप्रिय सञ्चारमाध्यमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

यसैबिच बैसाख १९ गते शुक्रबारका दिन नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको थियो । पदस्थापन कार्यक्रममा पूर्व अध्यक्ष खगेन्द्र राइको प्रमुख आतिथ्यतामा भएको थियो । राइले नवनिर्वाचित समितिलाई आजको समाज समाज रुपान्त्रणको चरणमा रहेको छ । नयाँ आर्थिक सम्बन्ध विकास भैसकेको छैन । कलाकारले त्यतातर्फ नयाँ चिन्तन कलाकार साहित्य लेख्ने गर्नुपर्छ ।

हामी पूर्णरुपमा उपभोक्ता बनिसक्यौँ नुन लिन हाट जान परेन तेल पेल्न तोरी छर्न पदैन, दाल गह्रामा छर्न परेन । पोकोमा आउँछ चाउचाउ अब खाली हामीलाई पूजिवदले घेरेपछि चाहियो पैसा । त्यसो परनिर्भर बनियो पैसाको पछि दौदिन्छ । परनिर्भताबाट उन्किनका लागि प्रत्यक कलाकार साहितयकार आवश्यकता अनुसारको जसरी पनि उत्पादनसँग जोडिएर जानु पर्यो विदेशमा गएर ल्याएको पैसाले सामान किन्दा उतै जान्छ । फेरी घरी जान्छ हाम्रो दुःख नगर्ने बानी नगर्ने सुख खोज्ने चिन्तन बढेको छ । हाम्रो चिन्तन रुपान्त्रण गर्न जनसांस्कृतिक महाघङका कलाकारले आफूलाई कलामा निखार्दै वस्तुगत परिस्थती बुझेर आफू व्यावहारिक रूपमाउत्पादन सँग जोजिएर आत्म निर्भरतातर्फ लाग्नुपर्ने देखिन्छ भन्ने भनाई राखेका थिए ।

(वाशिष्ठ गोरखापत्र राष्टिय दैनिक खश जुम्ली भाषाका पृष्ठ संयोजक एवं नेपाल साहित्यिक पत्रकार सङ्घ नेपालका केन्दीय सदस्य हुनुहुन्छ)