श्वेतपत्रमा प्राधिकरण वित्तीय संकटतर्फ उन्मुख भएको उल्लेख गरिएको छ । लोकप्रियता कमाउने प्रयासस्वरूप कुलमान घिसिङले वित्तीय विवरणमा हेरफेर गरेको र प्राधिकरणलाई कागजी नाफामा देखाएर संस्थालाई टाट पल्टाएको अनि कमिशनको खेलमा डुवेको प्रष्ट तस्विर बाहिर ल्याएको छ । यो सच्चाइलाई आत्मसाथ गरेर प्राधिकरणको अवस्था मजबुत बनाउन लाग्नेतर्फ भने बर्तमान नेतृत्व पनि खासै चासो दिइरहेको छ भन्ने अनुभुति हुन सकेको छैन ।
गणेश बस्नेत
बैशाख १८ मा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) हितेन्द्रदेव शाक्यले प्राधिकरणभित्र बिगतदेखि मौलाएको आर्थिक अराजकता र दुरावस्तालाई जस्ताको तस्तै चित्रण गरी स्वेतपत्र जारी गरेपछि यतिबला पूर्वएमडी कुलमान घिसिङ सही र हितेन्द्र भन्ने बहश सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका नेता–कार्यकर्ता हुँदै ब्यावसायिक पत्रकार र भ्रष्टाचारबिरोधी अभियन्ता भन्नेहरूसम्म कुलमानको पक्ष र हितेन्द्रले राखेको तथ्यको प्रतिकारमा उत्रिएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राधिकरणमा नियम र बरियतासमेत मिचेर नियुक्त पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पालामा लाभ लिएकादेखि माओवादी र राजावादीसम्म ‘कुलमान भगवान हो, कुलमानले भनेको नै सही हो, सत्य कुरा मान्न सकिन्न भन्दै सामाजिक सञ्जालतिर कोकोहोला मच्चाइरहेका छन । कोकोहोला मच्चाइरहने क्रम जारी नै छ ।
राजावादी जस्ले खराव कुराको वकालत गर्छ, त्यसलाई च्याप्प समातेर प्रयोग गर्ने नीतिमा छ । नेकपा माओवादी, सहकारी ठगवादीदेखि राजतन्त्र आए मन्त्री र प्रधानमन्त्री बक्सिसमा पाइन्थ्यो कि भनेर मनको लड्डू घ्यूसँग खाएर बस्ने दासहरुको एउटा जमात पनि यही काममा लागेको छ । रोजगारी नपाएर छटपटिएका युवा पुस्ता जागिर नपाएको रिस जहाँ पायो त्यही पोखिरहेको छ । बिगत केही समयदेखि नेपालमा फेक सूचना उत्पादनको कारखाना खोलिएको छ । त्यो कारखाना हरेक सयम नयाँ नयाँ अवतार लिएर नयाँ नयाँ प्रयोग गरिरहेको छ ।
सहकारी ठगीमा सीमा नाघेको प्रमाणले जेल पुगिसकेका रबि लामिछानेको नाममा लिनसम्म सत्यको हुर्मत लिने काम भयो । सत्यबाहेक सवै सही, रबिले भनेको बाहेक सवै गलत भन्न भाष्य निर्माण गरियो । कुनै बेला कांग्रेस महामन्त्री गगन थापा फेक समाचारको कारखाना चलाउने गर्थे । रबिले गगनलाई नै माथ गरिदिए । अहिले कुलमान सवैलाई माथ गर्ने स्थानमा पुगेका छन । कुलमानको ब्याकबोन बनेर बसेको छन नेकपा माओवादी र राजावादीहरु । त्यसैले सत्य कबाहिर आउन लाग्यो कि माओवादीका नेता कार्यकर्ता मात्रै होइन, पत्रकारसम्म सत्य छोप्न अन्टसन्ट बोल्दै आइपुग्छन ।
हितेन्द्रले जम्माजम्मी कुलमानले नेपाली जनतालाई ढाँटेको सत्य बाहिर ल्याइदिएका हुन । अरु कुनै दोष देखिन्न । जलबिद्युतको क्षेत्रमा कुलमानभन्दा अब्बल हितेन्द्रबिरुद्ध लाग्नुको कारण पनि यही सत्य उजागर गर्नु नै हो । कुलमानले नै प्रशारण लाइनदेखि आयोजना निर्माणको काममा हितेन्द्र आफूभन्दा योग्य रहेको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन । हितेन्द्र कुलमानभन्दा एउटा कुरामा मात्रै कम देखिए–प्राधिकरणको स्रोत साधनको दुरुपयोग गरी आफू निकट झुण्ड पोस्ने ।’ कसैलाई नपोस्ने भएकाले हितमानको पक्षमा बोलिदिन कम भए, पालित पोषित जति सकै कुलमानतिर लागेर तथ्यांक नै बंग्याउने काम भयो ।
प्राधिकरणको सत्य एकातिर, कुलमानको अफवाह अर्काेतिर भएपछि हितेन्द्रले पत्रकार सम्मेलन गरेरै प्राधिकरण २०९१ सालको चैत मसान्तसम्म ५ अर्ब २६ कोड घाटामा रहेको तथ्य सार्वजनिक गरिदिएका हुन । हितेन्द्रले कुलमानले ८ अर्व नाफामा भनेको आधारमा सत्य परीक्षण गर्दा यो तथ्य भेटियो । हुँदै नभएको जग्गा, सम्पन्न भइसकेको परियोजनादेखि लिइसकेको रकमसमेत लिनुपर्ने देखाएर कुलमानले प्राधिकरणको तथ्य एकातिर, प्रचार अर्कैतिर गरेका रहेछन ।
हितेन्द्रले जारी गरेको स्वेतपत्रले त्यो तस्विर उजागर गरेको छ । तर भ्रष्टाचारबिरोधी भन्नेहरु नै कुलमानले गरेको भ्रष्टाचार छोप्न लागेर हितेन्द्रतिर नै औंला ठड्याइरहेको दृष्य सामाजिक सञ्जालतिर देखिएको छ । कस्तो बिडम्बना, सच्चाइको बाटो छेक्न असत्यको खेती गर्नेहरु लाइन लागेर उभिएका छन । कुलमानको पक्षमा उनी, माओवादी र पूर्वराजाबाट आर्थिक लाभ प्राप्त गरेकाहरूले अभियान छेडेको बुझ्न कुनै आइतवार कुर्न पर्दैन । सामाजिक सञ्जालमा पोखिएका अभद्र र अशिष्ट शब्द नै काफी छन । लाभ लिएकाहरू भनिरहेका छन, ‘कुलमानले गरेको ९९ प्रतिशत बिद्युतीकरण हितेन्द्रले ८४ प्रतिशतमा झारिदिए । कुलमानले १२.७३ प्रतिशतमा झारेको चुहावट १४.८६ प्रतिशत बनाइदिए । दुईतिहाईको सरकार हो गर्छ नि ।’
अनेकन उदाहरणहरू छन–कुलमानले नै बदमासी गरेका रहेछन । तर यो सत्य स्वीकार गर्न कोही तयार छैन । किनकि कुलमान घिसिङ एमडी रहँदा प्राधिकरणले आफूलाई वित्तीय रूपमा बलियो रहेको बताउँदै आएको थियो । कुलमानले दावा गरे पनि त्यसैबेला तालुकदार निकाय उर्जा मन्त्रालयले प्राधिकरण वित्तीय रूपमा कमजोर रहेको र फेक नाफा देखाइएको भन्ने आरोप लगाइरहेको थियो । शाक्यलाई हटाएर आफू नेतृत्वमा आएपछि कुलमानले नाफा नै नाफा देखाए । घिसिङ हटेपछि शाक्य एमडी बनेर पोल खोलिदिए भन्नेहरु पनि छन । शाक्यले जिम्मेवारी सम्हाल्दै प्राधिकरणको यथार्थ बाहिर ल्याउन श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए ।
कुन तथ्यांक सही ?
हितेन्द्रको श्वेतपत्रअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ । यसअघि कुलमानले फागुन मसान्तसम्म यही अवधिमा ९ अर्ब ४८ करोड नाफामा रहेको दावा पेश गरेका थिए । हितेन्द्र र कुलमानले सार्वजनिक गरेको तथ्यांकमा प्राधिकरणको अवस्था आकास जमिनको फरक छ । पछिल्लो ५ अर्व २६ करोड घाटासमेत जोडदा प्राधिकरणको १४ अर्व ७४ करोड कहाँ गयो ? कसरी यति ठूलो बदमासी भयो ? भन्ने प्रश्न उठेको छ ।
९ अर्व ४८ करोड नाफामा रहेको संस्था नेतृत्व परिवर्तन भएसँग कसरी ५ अर्व २६ करोड घाटामा पुग्यो ? यति ठूलो हिसाव किताव गोलमाल गर्न सकिन्छ भन्ने कुरामा कुनै पनि चार्टड एकाउन्टेन्टहरु सकिन्न भन्ने जवाफ दिन्छन । श्वेतपत्रमा घाटाको कारण कुलमानले ढाँटेको किटानी नलेखिए पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टी (एक्सिलिरेटेड डिप्रिसिएसन) दाबीसहित नाफा नोक्सान गणना गर्दा यस्तो अवस्था रहेको तथ्य औंल्याइएको छ ।
समग्रमा कुलमान सही कि हितेन्द्र भन्ने प्रश्नको जवाफ खोज्न यत्ति तथ्य काफी देखिन्छ । हितेन्द्रले सात बर्षभन्दा बढी बिद्युत प्राधिकरणमा रजगज गरेका कुलमानका कपटका एकएक श्रृंखलाको फेहरिस्त खालेर नकाव उतारिदिनु भएको छ । लोडसेडिङ अन्त्यदेखि ९ अर्ब ४८ करोड नाफासम्मका कुलमानका कुरा केवल कथा रहेछन भन्ने तथ्यले उजागर गरेको छ ।
सामान्यतया कुनै पनि स्थिर सम्पत्तिको ह्रासकट्टी गणना गर्दा यसको खरिद मूल्यमा स्क्राप मूल्य घटाएर बाँकी रहेको रकमलाई यस्तो सम्पत्ति कायम रहने सक्ने वर्षले भाग गरेर निकालिन्छ । सरकारी करको प्रयोजनका लागि भने यो दर ऐनमै तोकिएको हुन्छ । तर, विशेष प्रकारका उद्योगका हकमा तोकिएको दरभन्दा बढी रकम ह्रासकट्टी गर्न सक्ने गरी आयकर ऐनले गणना गर्नसक्ने सुविधा दिएको छ । बिद्युत प्राधिकरण विशेष किसिमको उद्योग भएकोले आयकर प्रयोजनका लागि थप ह्रासकट्टी गर्ने सुविधा छ ।
श्वेतपत्रमा रहेको नाफाको तथ्यांकबाहेक अन्य विवरणमा भने खासै भिन्नता नदेखिएकोले पनि कुलमानकै डेटा फेक हो भन्ने देखिन्छ ।
विद्युत पहुँचको डाटा फेक
प्राधिकरणको नेतृत्वमा रहेको बेला कुलमानले ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको दावी गर्नुभएको थियो । त्यो दावी पनि झुटो देखिएको छ । श्वेतपत्रले ७५३ स्थानीय तहमध्ये हालसम्म ७३४ वटा स्थानीय तहमा मात्रै विद्युतको पहुँच पुगेको देखाएको छ । यो झण्डै ९७.५ प्रतिशत हो । यही आधारमा घिसिङले विद्युत महसुल ९८ प्रतिशत पुगेको फेक डाटा दिनुभएको थियो । पहुँच पुगेको वडाको संख्या, घरसंरचना र परिवार संख्याको आधार हेर्दा यो निकै कम हो ।
प्राधिकरणका अनुसार कुल ६ हजार ७ सय ४३ वडामध्ये ९५ प्रतिशत वडामा मात्रै विद्युत पहुँच पुगेको छ । जनगणना २०७८ मा उल्लेख गरिएको घरधुरीको आधारमा विद्युत् जडान भएको घरधुरीअनुसार ८४.६२ प्रतिशत मात्रै पहुँच पुगेको देखिन्छ । यद्यपि एउटा घरमा जोडिएको मिटरबाटै अर्को घरमा समेत विद्युत उपभोग गरिरहेको हुन सक्ने आधारमा यो संख्या ९१.४१ प्रतिशत रहेको देखिन्छ ।
लोडसेडिङ अन्त्य घोषणा पनि फेक
कुलमानले आफ्नो पालामा लोडसेडिङ समाप्त भएको घोषणा गर्नुभएको थियो । तर स्वेतपत्रले त्यो दावा खारेज गरेको छ । प्राधिकरणको देशभर रहेका ४८ हजार वटा मिटरको साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार वार्षिक औसत ८२५ पटक ट्रिपिङ भएको र प्रतिपटक औसत ३७ मिनेट विद्युत् अवरोध हुने गरेको भन्दै यो अवधिमा ५०९ घण्टा विद्युत् अवरुद्ध भएको जानकारी सार्वजनिक गरेको छ । यो तथ्यांकले पनि कुलमान नै बदमास रहेको तथ्य उजागर गरिदिएको छ ।
देखाइयो हुँदै नभएको सम्पत्ति
कार्यकारी निर्देशक शाक्यले श्वेतपत्रमा प्राधिकरण अहिले नगद प्रवाहको समस्याबाट गुज्रिरहेको उल्लेख गर्नुभएको छ । लिनुपर्ने भुक्तानी उठेको र अपेक्षित रूपमा विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीसमेत अपेक्षित रूपमा नभएको कारण अनिवार्य भुक्तानीमा समस्या आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिले ११ अर्ब ५४ करोडको तत्काल भुक्तानी गर्नुपर्ने दायित्व र ३२ अर्ब ५० करोड बराबरको रकम सरकालाई भुक्तानी गर्नुपर्ने दायित्व रहेको उल्लेख गरेको छ । सरकारलाई तिर्नुपर्नेमध्ये ऋणको ब्याजबापत २९ अर्ब ५० करोड र टनकपुरको विद्युतबापत ३ अर्ब रहेको छ । तर प्राधिकरणले प्राप्त गर्नुपर्ने ४६ अर्ब १५ करोड रुपैयाँ बक्यौता उठ्न सकेको छैन ।
यसमध्ये सरकारले तिर्नुपर्ने कोभिड–१९ महामारीका क्रममा घोषणा गरेको सहुलियत र चिस्यान केन्द्रलगायत शीर्षकमा दिइएको छुट समेतको १४ अर्ब १० करोड भुक्तानी बाँकी रहेको छ । यस्तै ट्रंक तथा डेडिकेटेड फिडरको २३ अर्ब ४४ करोडसहित ग्राहकबाट उठ्नुपर्ने ३२ अर्ब ५ करोड छ । यो वर्ष प्राधिकरणले सरकारबाट १४ अर्ब ६५ करोड, ट्रंक तथा डेडिकेटेड फिडरको महसुलबापत ८ अर्ब २६ करोड र १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेगरी नगद प्रवाहको योजना बनाएको थियो ।
योजनाअनुसार नगद प्राप्त नभएको र असोजमा आएको बाढी पहिरोका कारण विद्युत आयोजना क्षतिग्रस्त हुँदा झण्डै १८ अर्ब रुपैयाँ बराबरको नगद प्रवाह कम भएको प्राधिकरणको भनाई छ । यी सबै कारणले प्राधिकरण अनिवार्य दायित्व भुक्तानी गर्नसमेत नसक्नेगरी शून्य तरलताको अवस्थामा पुगेको हितेन्द्रको स्वेतपत्रले देखाउँछ । घाटामा रहेपनि प्राधिकरणसँग अहिले १० अर्ब १० करोड रुपैयाँ छ । त्यसमध्ये ३ अर्ब ६८ करोड मुद्दती खातामा र ३ अर्ब ९५ करोड धरौटी खाता रहेकोले निकाल्न नमिल्ने स्वेतपत्रले देखाएको छ ।
सम्पत्ति र दायित्वको तथ्य
अहिले बिद्युत प्राधिकरणसँग कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको छ । त्यसमध्ये स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब, निर्माणधीन आयोजनाको लगानी २ खर्ब २० अर्ब र बाँकी चालु सम्पत्ति हुन । कम्पनीको सेयरमा नेपाल सरकारको २ खर्ब ६ अर्ब ७४ करोड, सञ्चित नाफा ४६ अर्ब ४७ करोड, जगेडातर्फ ५ अर्ब ८९ करोडसमेत गरी कुल २ अर्ब ५९ अर्ब रुपैयाँ बराबरको इक्विटी क्यापिटल रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै सरकारको आन्तरिक स्रोतबाट ७७ अर्ब ८ करोड र सरकारको जमानतमा विदेशी दातृ निकायबाट १ खर्ब ७१ अर्ब ४ करोड ऋण लिइएको उल्लेख छ । कुलमानले जग्गामा पनि फेक कुरा गरेको तथ्य लालपुर्जा छैन भन्ने स्वेतपत्रले उदांगो पारिदिएको छ ।
योजनाअनुसार नगद प्राप्त नभएको र असोजमा आएको बाढी पहिरोका कारण विद्युत आयोजना क्षतिग्रस्त हुँदा झण्डै १८ अर्ब रुपैयाँ बराबरको नगद प्रवाह कम भएको प्राधिकरणको भनाई छ । यी सबै कारणले प्राधिकरण अनिवार्य दायित्व भुक्तानी गर्नसमेत नसक्नेगरी शून्य तरलताको अवस्थामा पुगेको हितेन्द्रको स्वेतपत्रले देखाउँछ । घाटामा रहेपनि प्राधिकरणसँग अहिले १० अर्ब १० करोड रुपैयाँ छ । त्यसमध्ये ३ अर्ब ६८ करोड मुद्दती खातामा र ३ अर्ब ९५ करोड धरौटी खाता रहेकोले निकाल्न नमिल्ने स्वेतपत्रले देखाएको छ ।
को छन त सही ?
बिगत केही बर्षदेखि नेपालमा साँचो कुरा नपत्याउने डरलाग्दो रोग लागेको छ । ढोकाबाट जाऊँ भन्यो भने झ्यालतिरबाट हामफाल्ने जमातको बिगबिगीले सत्य बिक्न पनि छाडेको छ । कानूनको पालना गर्नुपर्छ, इमानमा बस्नुपर्छ, मेहनत गर्नेलाई प्रोत्साहित गर्नुपर्छ भन्यो भने सवैभन्दा फटाह र बदमास भइन्छ । सामाजिक सञ्जालतिर आमाचकारी गरिन्छ । सामाजिक सञ्जालको बढदो पहुँच तर त्यसलाई सदुपयोग गर्न नसक्ने हामी नेपालीको मानसिक चेतको कारण यी सव नहुनु पर्ने कुराहरु हरदिन भइरहेका छन ।
विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कर्तुतको अहिले पर्दाफास भएको छ । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै कुलमान घिसिङका अनियमितता बाहिर आएका हुन । विद्युत प्राधिकरणको आर्थिक अवस्था जटिल र अनिश्चित दिशातर्फ उन्मुख देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०-८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ, तर सो सम्पत्तिमा उल्लेखनीय संरचनात्मक कमजोरीहरू फेला परेका छन ।
प्राधिकरणले तयार पारेको श्वेतपत्रमा पनि प्राधिकरण वित्तीय संकटतर्फ उन्मुख भएको उल्लेख गरिएको छ । लोकप्रियता कमाउने प्रयासस्वरूप कुलमान घिसिङले वित्तीय विवरणमा हेरफेर गरेको र प्राधिकरणलाई कागजी नाफामा देखाएर संस्थालाई टाट पल्टाएको अनि कमिशनको खेलमा डुवेको प्रष्ट तस्विर बाहिर ल्याएको छ । यो सच्चाइलाई आत्मसाथ गरेर प्राधिकरणको अवस्था मजबुत बनाउन लाग्नेतर्फ भने बर्तमान नेतृत्व पनि खासै चासो दिइरहेको छ भन्ने अनुभुति हुन सकेको छैन ।
समग्रमा कुलमान सही कि हितेन्द्र भन्ने प्रश्नको जवाफ खोज्न यत्ति तथ्य काफी देखिन्छ । हितेन्द्रले सात बर्षभन्दा बढी बिद्युत प्राधिकरणमा रजगज गरेका कुलमानका कपटका एकएक श्रृंखलाको फेहरिस्त खालेर नकाव उतारिदिनु भएको छ । लोडसेडिङ अन्त्यदेखि ९ अर्ब ४८ करोड नाफासम्मका कुलमानका कुरा केवल कथा रहेछन भन्ने तथ्यले उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्