जनता टाइम्स

३ जेष्ठ २०८२, शनिबार १०:४७

आर्मीमा सम्धी आतंकले सीमा नाघेपछि…


त्यसरी रकम बुझाउनेहरुकै प्रस्ताव अनुसार ’इस्पेसिफिकेशन’ अनुरुपकै ठेक्का स्वीकृत गरिदिन थालेपछि अहिले आर्मी हेडक्वाटरमा भएको सम्धी-सम्धी गठजोडले व्यवसायीबीच खैलाबैला मच्चाएको छ ।

काठमाडौं, जेठ ३ । राष्ट्रको सुरक्षार्थ खटिनु पर्ने वा देशहितमा लाग्नु पर्ने नेपाली सेना यतिबेला आफ्नो उद्देश्य अनुरुपभन्दा पनि नाफामुलक व्यवसायतिर अग्रसर भइरहेको पाइएको छ । विभिन्न ठाउँका सडक निमार्णदेखि अन्य ठेक्कापट्टामा पनि सेनाले आफूलाई अग्रसर तुल्याइरहेको देखिन्छ । उत्तर–दक्षिण दुवै शक्तिशाली देशसँग सुरक्षा चुनौतिको सामना नै गर्नु नपर्ने नेपाली सेनाले देश र जनताको हितका लागि सिन्को नभाँची नाफामुलक व्यवसायमै मात्र चासो देखाउनु दुर्भाग्य भएको टिप्पणी भइरहेको छ तर सैनिक नेतृत्वले जनताको यो आवाजलाई सुन्नै नचाहे जस्तो देखिएको छ ।

नेपाली सेनाले आफूलाई व्यवसायतर्फ अग्रसर गराउन थालेको निकै भइसक्यो । तर, बहालवाला चिफले त नेपाली सेनाले गर्ने ठेक्कापट्टा र सप्लायर्सका लागि कन्ट्रयाक्ट मिलाउन दलालका रुपमा आफ्नै सम्धीलाई नै अग्रसर तुल्याएको पाइएको छ । समाचार स्रोते जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार यादव कुँवर नामका पुराना गाडी (रिकन्डिशन) का खरिदविक्रीको धन्दावाल यादव कुँवरलाई नेपाली सेनाभित्र हुने सबै किसिमका खरिदविक्री तथा सप्लाईका एजेन्टलाई घरघरमै गएर भेटेर रकम संकलन गर्न अघोषित एजेन्टकै रुपमा नियुक्ति गरिएको चर्चा आर्मी हेडक्वाटरभित्र व्यापक छ ।

प्रधानसेनापति अशोक सिग्देलका छोराले आफ्नी छोरी विवाह गरेपछि रिकन्डिशन धन्दामा सक्रिय साड्लेखोलातिरका यादव कुँवरको यतिबेला धन्दा परिवर्तन भएको छ । हिजो आज कुँवरको दैनिकी नेपाली सेनाभित्र हुने ठेक्कापट्टा तथा सप्लाईको एजेन्टसँग बैठक गर्ने र उनीहरुसँग स्वार्थपूर्ण डिल गर्नै फुर्सद छैन ।

एजेन्टबाट मोटो रकम हात पारेपछि सम्धी कुँवरकै प्रस्तावअनुसार कसलाई कुन ठेक्का वा सप्लाईको काम दिने हो, त्यो पूर्वयोजना अनुसार नै ठेक्का उपलब्ध गराउन थालिएपछि प्रतिस्पर्धाका नाममा गरिने विज्ञापनलाई ’कुरीकुरी’ जस्तै पारिएको छ । ’इस्पेसिफिकेशन’ अर्थात स्याम्पल परीक्षणका नाममा ल्याव टेस्टबाटै प्रतिस्पर्धीको प्रस्ताव अस्वीकृत गराएर स्वार्थअनुसार ठेक्का उपलब्ध गराइदिन थालेपछि सैनिक मुख्यालयभित्र खैलाबैला मच्चिन थालेको मात्रै छैन, चिफमाथि नैतिकताको प्रश्नसमेत खडा भएको छ 

आफ्नो प्रस्ताव स्वीकार्य भए काम मिलाइदिने भन्दै कुँवरले ती एजेन्टसँग अग्रिम रुपमै मोटो रकमसमेत असुल्ने गरेको समाचार स्रोतले बताएको छ । त्यसरी रकम बुझाउनेहरुकै प्रस्ताव अनुसार ’इस्पेसिफिकेशन’ अनुरुपकै ठेक्का स्वीकृत गरिदिन थालेपछि अहिले आर्मी हेडक्वाटरमा भएको सम्धी–सम्धी गठजोडले व्यवसायीबीच खैलाबैला मच्चाएको छ ।

एजेन्टबाट मोटो रकम हात पारेपछि सम्धी कुँवरकै प्रस्तावअनुसार कसलाई कुन ठेक्का वा सप्लाईको काम दिने हो, त्यो पूर्वयोजना अनुसार नै ठेक्का उपलब्ध गराउन थालिएपछि प्रतिस्पर्धाका नाममा गरिने विज्ञापनलाई ’कुरीकुरी’ जस्तै पारिएको छ । ’इस्पेसिफिकेशन’ अर्थात स्याम्पल परीक्षणका नाममा ल्याव टेस्टबाटै प्रतिस्पर्धीको प्रस्ताव अस्वीकृत गराएर स्वार्थअनुसार ठेक्का उपलब्ध गराइदिन थालेपछि सैनिक मुख्यालयभित्र खैलाबैला मच्चिन थालेको मात्रै छैन, चिफमाथि नैतिकताको प्रश्नसमेत खडा भएको छ ।

स्मरणीय छ, तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई कुवँरले नै चारित्रिक विवादमा तान्ने काम गर्नुभएको थियो । कुँवरकै योजनाअनुसार चिफको निवास ललितपुरस्थित शशी भवनमा भुकम्पका बेला भएको क्षतीको पूनर्निर्माण कुँवरले सिफारिस गरेको निर्माण कम्पनीलाई दिँदा ठूलै आर्थिक वेइमानी भएको थियो ।

आर्मी हेडक्वारभित्र त्यो पुरानो बदमासीको चर्चा सेलाउन नपाउँदै अहिले सम्धी–सम्धीको गठजोडले आर्मी हेडक्वाटर आर्थिक सवालमा डुङ्डुङ्ती गन्हाउन थालेको छ । त्यो दुर्गन्धले आर्मी चिफ अशोक सिग्देलको नाकमा कहिले ठक्कर दिने हो भन्दै सैनिक अधिकारीहरु नै त्राहिमाम बनिरहेका छन ।