जनता टाइम्स

१९ असार २०८२, बिहीबार ०६:५३

मधेशबाहेक अरू प्रदेशमा मुसलधारे पानी पर्ने सम्भावना, सर्तकता अपनाउन आग्रह


काठमाडौं, १९ असार ।  देशका केही ठाउँमा रातिदेखि वर्षा भैरहेको छ । राति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मधेशबाहेक अरू प्रदेशमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।