मदन भण्डारीको देहावसानपछि उनकी पत्नी विद्या भण्डारीलाई सेतो पहिरनमा काठमाडौं १ नम्बर क्षेत्रमा उठाएर जिताइएको थियो । त्यहींबाट माथि उठनुभएकी विद्या अहिले राष्ट्रपति जस्तो सम्मानित पदमा हुनुहुन्छ । पोखराकी अर्की विद्यालाई पनि रवीन्द्रको रिक्त स्थानमा उम्मेदवार बनाइएको छ, जुन शोकलाई शक्तिमा बदल्ने अवसर पनि हो । उहाँको पक्षमा सहानुभूतिका भोट पर्नेछन् र सम्भवतः उहाँको जीत हुनेछ । उनका आँसु पुछ्ने काम कास्की–२ का जनताले पक्कै गर्नेछन् ।
रामचन्द्र भट्टराई
आगामी मंसिर १४ गते उप चुनाव हुँदैछ । यो चुनाव ३ वर्षपछि हुने आम चुनावको जीत–हारको मिनि जनमत संग्रह हो । ३ वर्षमा दुइ तिहाइ सरकारले गरेका सकारात्मक–नकारात्मक कर्म–कुकर्मको मूल्यांकन पनि हो । साँच्चीकै यो उपनिर्वाचन नेकपाका लागि अग्नि परीक्षा नै हो ।
नेपालको जेठो र ठूलो पार्टी नेपाली कांग्रेस तेश्रो स्थानमा ओर्लनु र २०१५ सालको चुनावमा ४ सिट मात्र जितेको नेकपा अहिले झण्डै दुइ तिहाइ सिट जितेर एकमना सरकार बनाउने हैसियत बनाउनु नेपालको राजनीतिक इतिहासमा आश्चर्यजनक परिघटना हो । कांग्रेसले १०९ सिटमा ७४ सिट जितेर दुई तिहाइको सरकार बनाउनु र साढे सत्र महिनामै ‘कू’ भएर सरकार र संसद गल्र्याम गुर्लुम ढलेर निरंकुश निर्दलीय पञ्चायत लादिनु इतिहासको दुःखद घटना थियो ।
तीस वर्ष नेपाल कुहिराको काग बन्यो र जनताको बलिदानपूर्ण संघर्षले त्यसलाई ढालेर बहुदलीय प्रजातन्त्रको पु्नःस्थापना भएको थियो । तर २०४६ सालको परिवर्तन मात्रात्मक थियो, गुणात्मक थिएन । रुपमा थियो, सारमा थिएन । शासन प्रणालीमा परिवर्तन भएको थियो, राज्ययन्त्रमा थिएन । त्यसको परिणाम पुनः प्रतिगमन भयो र मुलुक फेरि कुहिराको काग बन्न बाध्य भयो । यो सबै कारण पार्टी–पार्टीवीचको द्वन्द्व र पार्टीभित्रैको अन्र्तद्वन्द्व थियो । व्यक्तिगत स्वार्थ लिप्सा, कमाउने कुम्ल्याउने गोरखधन्दा र जनताको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनमा कुनै परिवर्तनको अनुभूति नहुनु थियो । नयाँ बोतल पुरानै रक्सीको उखान चरितार्थ गर्नु नै थियो । बहुदलीय शासनकालमा नेपाली कांग्रेसको सरकारले शासन गर्यो । त्यस शासन कालमा सुशासन र समृद्धिको सट्टा पञ्चायती शासनकालमा खुलेका उद्योग धन्दा कौडीको दाममा बेच्ने, देशमा रोजगारी सिर्जना गर्नुको सट्टा बलिया पाखुरीहरु विदेश पलायन हुन बाध्य पार्ने र त्यसबाट प्राप्त हुने रेमिट्यान्सबाट देशको साधारण खर्च चलाउनेबाहेक सिन्को भाँच्ने काम भएन । नेपाली कांग्रेस जनताका आँखामा घूर बन्दै गयो । परिणामस्वरुप गत चुनावमा उसका नाकका जुका झरे ।
यतिबेला कांग्रेस प्रतिपक्षमा छ र नेकपा सत्तासीन छ । सत्तासीन नेकपाले दिर्घकालीन महत्व राख्ने योजना त ल्याएको छ, तर जनताले प्रत्यक्ष अनुभूत गर्ने खालका लोकप्रिय कार्यक्रम ल्याएको छैन । २ वर्ष कानून निर्माण र विकासका पूर्वाधार तयार गर्नमै खर्च भएको छ, जसको सकारात्मक परिणाम विस्तारै सतहमा आउन थालेका छन, आउने क्रममा पनि रहेका छन । यसैगरी यही सरकारले १२ वर्षसम्म गुपचुप रहेको हत्या–अपराधलाई उजागर गरी कानूनी प्रकृया थालेको छ । कतिपय तस्कर र भ्रष्टाचारीहरु कानूनी कठघरामा खडा गरिएका छन् । तर निर्मला पन्तका बलात्कारी–हत्याराहरु समातिएका छैनन् । यौन दुराचारीहरु र भ्रष्टाचारीहरु कति छन् कति, तिनलाई कानुनी दायरामा आउन सकेका छैनन । महंगी चरम चुलीमा पुगेको छ । कर बृद्धिले जनताको ढाड सेकिएको छ । यता कर बृद्धि, उता तलब र भत्ता बृद्धिले जनतामा पक्कै पनि नैराश्य छाएको छ । जुन आशा र अपेक्षाका साथ जनताले नेकपालाई जिताएका थिए, त्यसको विपरीत भएकाले पार्टीप्रति जनताको मोहभंग हुने हो कि भन्ने चिन्ता बढदैछ ।
यस्तो अवस्थामा मंसिर १४ गते उपचुनाव हुँदैछ । यो उपचुनाव नेकपाका लागि फलामका च्युरा हुनेछ । कास्की–२ को चुनाव राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने खालको छ । त्यहाँका लोकप्रिय नेता रवीन्द्र अधिकारीको दुर्घटनामा भएको निधनपछि रिक्त स्थानमा उनकै धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाइएको छ । मदन भण्डारीको देहावसानपछि उनकी पत्नी विद्या भण्डारीलाई सेतो पहिरनमा काठमाडौं १ नम्बर क्षेत्रमा उठाएर जिताइएको थियो । त्यहींबाट माथि उठनुभएकी विद्या अहिले राष्ट्रपति जस्तो सम्मानित पदमा हुनुहुन्छ । पोखराकी अर्की विद्यालाई पनि रवीन्द्रको रिक्त स्थानमा उम्मेदवार बनाइएको छ, जुन शोकलाई शक्तिमा बदल्ने अवसर पनि हो । उहाँको पक्षमा सहानुभूतिका भोट पर्नेछन् र सम्भवतः उहाँको जीत हुनेछ । उनका आँसु पुछ्ने काम कास्की–२ का जनताले पक्कै गर्नेछन् । लामो समय बिद्यार्थी राजनीतिमा लागे पनि परिवारका दुवै जना पुर्णकालिन राजनीतिमा लाग्नु हुन्न भन्दै प्राध्यापन पेशामा लाग्नुभएकी बिद्या भट्टराई अधिकारी समयको मागका कारण उम्मेद्वार बन्नुभएको छ । पँक्तिकार विद्यालाई जीतको लागि अग्रिम शुभकामना दिन्छ । तर उहाँको जीत र हार नेकपाको वर्तमान सरकारको कामसँग गाँसिएको छ ।
उपचुनावमा कास्की–२ मा मात्र हैन, सवैतिर यसको असर पर्नसक्छ । त्यसकारण पार्टी नेतृत्वले प्रथमतः कार्यकर्तामा नयाँ रक्त संचार गराउनुपर्छ । र, जनतामा २ वर्षमा सरकारले गरेका जनपक्षीय कामको फेहरिस्त प्रस्तुत गर्नुपर्दछ । उल्लेख्य काम सरकारले गरेको भए पनि प्रचार संयन्त्रको कमजोरीका कारण बिरोधीले राम्रा कामलाई ओझेलमा पार्दै एक दुई नकारात्मक घटना देखाएर नेकपा र सरकारबिरुघ अफवाहहरु धेरै फैलाइएको छ । त्यस्ले जनतामा छाएको निराशा, कुण्ठा र हतोत्साह हटाउन नेतृत्वले अविलम्ब पहलकदमी लिनुपर्छ
चुनाव जित्न पार्टी कार्यकर्ताको अहं भूमिका हुने गर्छ । कार्यकर्ता निराश छन् । उनका शरीरका नसामा जोश र उत्साहको रक्तसंचार भएको देखिदैन । पार्टीभित्रको गुटतन्त्र र पार्टी एकीकरणमा भावनात्मक एकता अझै नहुनु र एकीकरणको प्रकृया अझै पुरा नहुनु आदिले गर्दा कार्यकर्तामा विभाजित मानसिकता बरकरार छ । यस्तो अवस्थामा हुन लागेको उपचुनावमा कास्की–२ मा मात्र हैन, सवैतिर यसको असर पर्नसक्छ । त्यसकारण पार्टी नेतृत्वले प्रथमतः कार्यकर्तामा नयाँ रक्त संचार गराउनुपर्छ । र, जनतामा २ वर्षमा सरकारले गरेका जनपक्षीय कामको फेहरिस्त प्रस्तुत गर्नुपर्दछ । उल्लेख्य काम सरकारले गरेको भए पनि प्रचार संयन्त्रको कमजोरीका कारण बिरोधीले राम्रा कामलाई ओझेलमा पार्दै एक दुई नकारात्मक घटना देखाएर नेकपा र सरकारबिरुघ अफवाहहरु धेरै फैलाइएको छ । त्यस्ले जनतामा छाएको निराशा, कुण्ठा र हतोत्साह हटाउन नेतृत्वले अविलम्ब पहलकदमी लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्