जनता टाइम्स

२५ असार २०८२, बुधबार १६:५५

चर्चित पत्रकार भैरव अर्यालका पुत्र प्राडा दीपक त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त


काठमाडौं, असार २५ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा त्रिबिका कुलपति केपी शर्मा ओलीले बुधवार प्राडा अर्याललाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो ।

शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्तले त्रिबिका उपकुलपतिका लागि प्राडा. अर्यालसहित तीन जनाको नाम सिफारिश गर्नुभएको थियो । सिफारिश गरिएकामध्ये प्रधानमन्त्री ओलीले अर्याल छनोट गर्नुभएको हो । उपकुलपतिका लागि सिफारिशमा प्राडा. खडग केसी र बिनिल अर्यालको नाम पनि रहेको थियो ।

काठमाडौंको गोकर्णेश्वरको जोरपाटी निवासी अर्याल चर्चित पत्रकार तथा साहित्यकार भैरव अर्यालका पुत्र हुनुहुन्छ । नवनियुक्त उपकुलपति अर्याल त्रिबिकै मौसम तथा जलबायु बिज्ञान बिभागमा कार्यरत हुनुहुन्छ । अर्याल त्रिबिमा बेदाग प्राध्यापकको रुपमा परिचित रहनुभएको छ ।