जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार २०:३२

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी


काठमाडौं,  साउन १५। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझेको छ ।

शुक्रबार साँझ विराटनगरस्थित कोशी अस्पतालबाट परिवारले दुवै जनाको शव बुझेको हो । गोली लागेर ओमप्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाशको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।

शव परिवारले बुझेसँगै दुवैको शव कप्तानगञ्जस्थित घर लैजाने र आजै अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।

गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा सरकार र मृतक परिवारबीच बिहीबार राति भएको सहमतिपछि परिवारले शव बुझेको हो ।