काठमाडौं, माघ १९
नेकपा केन्द्रीय समिति बैठकमा उठेका प्रश्नमाथि अध्यक्ष पुष्पकमल दाहालले आज जवाफ दिदै हुनुहुन्छ । अपरान्ह एक बजे बस्ने बैठकमा अध्यक्षले जवाफ दिने कार्यक्रम तय भएको हो ।
त्यसको तयारीका लागि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार यसबारे थप छलफलका लागि सचिवालय बैठक बसिरहेको छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्षद्वयका तर्फबाट दाहालले राजनीतिक तथा महासचिव विष्णु पौडेलले संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पेस गर्नुभएको छ । ती प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न नेकपाले १५ समूह बनाएको थियो । त्यसबाहेक प्रदेश अध्यक्षहरुले पनि बैठकमा प्रदेशको अवस्थाबारे रिपोर्ट पेस गरेका थिए । समन्वय कमिटी र विशेष कमिटीका तर्फबाट पनि बैठकमा रिपोर्ट पेस गरिएको थियो ।
बैठकमा पार्टी र सरकारलाई लिएर समूहगत छलफलमा दर्जनौं प्रश्न उठेका छन् । उठेका प्रश्नहरुको जवाफ दिएर आइतबार नै बैठक सकाउने नेकपाको तयारी भएको प्रवक्ता श्रेष्ठले बताबताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्