जनता टाइम्स

२३ फाल्गुन २०७६, शुक्रबार ०९:३४

जन्मदिन पारेर माधव नेपाल भेट्न पुगे भारतीय राजदूत क्वात्रा


काठमाडौं, फागुन, २३

पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतका नवनियुक्त राजदुत विनयमोहन क्वात्राले भेटवार्ता गर्नुभएको छ ।

विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि उहाले राजनीतिक भेटघाट तिव्र पार्नुभएको छ । त्यस क्रममा आज विहान उहा माधव नेपालको जन्मदिन पारेर भेट्न पुग्नु भएको हो ।

कोटेश्वरस्थीत नेपाल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशको आपसी हित र सम्बन्धबारे कुराकानी भएको छ । वरिष्ठ नेता नेपालले नवनियुक्त राजदूत क्वात्रालाई कार्यकाल सफलताको शुभकामना दिनुभयो भने राजदूत क्वात्राले वरिष्ठ नेता नेपाललाई आज परेको जन्मदिनको अवसरमा शुभकामना दिनुभयो ।