भक्तपुर, जेठ १
भक्तपुरमा मंगलबार कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएकी सुनसरीकी २५ वर्षीय युवतीको प्रत्यक्ष सम्पर्कमा रहेकी साथीको ‘स्वाब’ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।
एउटै कोठामा बसेकी साथीलाई कोरोना पोजिटिभ देखिएपछि बुधबार सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत उनको ‘नासल स्वाब’को नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उनलाई भक्तपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
यसैगरी, नेकपा नेता भिम रावलको सुरक्षामा खटिएका अर्का संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा रहेका ७ जनालाई क्वारेन्टाइन र ३ जनालाई आइसोलेसनमा राखिएको छ । प्रहरीका अनुसार भक्तपुरमा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएका २७ वर्षीय युवककी पत्नी, छोरा, घरमा डेरा बस्ने २, छिमेकी र हजाम २ गरी ७ जनाको परीक्षण गरेर क्वारेन्टाइनमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्