जनता टाइम्स

८ असार २०७७, सोमबार १५:३०

पर्यटनमन्त्री भट्टराई सहभागी भर्चुअल बैठकमा अश्लिल भिडियो बजेपछि..


काठमाडौं, असार ८ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई सहभागी भर्चुअल बैठकमा एक्कासी पोर्न (अश्लिल) भिडियो बजेको छ । नेपाल पर्यटन बोर्डले जुममार्फत गरिएको बैठकमा यस्तो भएको हो ।

मन्त्री भट्टराई बोलिरहेकै समयमा एक्कासी अनधिकृतरुपमा ह्यारिस नामका व्यक्ति प्रवेश गरेर पोर्न भिडियो प्ले गरेका थिए । नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठकमा मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेको हो ।

मन्त्रीसहित झण्डै २ सय जना सहभागी बैठकमा पोर्न भिडियो प्ले भएपछि एडमिनले तत्काल रोकेर भर्चुअल बैठक अन्त्य गरिएको थियो । सो घटनाको बिषयमा नेपाल प्रहरीको साइबर सेलले अनुसन्धान अघि बढाएको छ ।