काठमाडौं, साउन २१
पछिल्लो २४ घण्टामा देशभर थप ३८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५९ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। हाल कोरोना संक्रमितको सक्रिय संख्या ६१७४ रहेको छ । हालसम्म ४ लाख १२ हजार ९५३ को पीसिआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ३८१ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३० जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमण मुक्त हुनुभएको छ । यो ७०.८ प्रतिशत हो । देशका विभिन्न क्वारेन्टाइनमा ९ हजार ९२५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्