काठमाडौं, भदौ ५ । सरकारले विभिन्न देशमा रहेका नेपाली नागरिक, विदेशस्थित नियोगका कूटनीतिज्ञ तथा कर्मचारीलाई नेपाल आउन नियमित उडान सुरु गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न देश तथा शहरबाट नेपाल आउनका लागि नियमित उडान गर्ने निर्णय गरेसँगै बिभिन्न नेशबाट नेपाली आउन पाउने भएका हुन ।
मन्त्रिपरिषद बैठकले अमेरिका, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया र युरोपमा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हो। संक्रमित कम रहेका र पीसीआर परीक्षण सहज भएका मुलुकका लागि यस्तो व्यवस्था गर्न पर्यटन मन्त्रालयले प्रस्ताव गरेको थियो। सोही प्रस्तावअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले कुन दिनदेखि यस्तो उडान गर्ने भन्ने निर्णय भने सार्वजनिक गरेको छैन।
यसरी नेपाल आउने वायु सेवा कम्पनीले कुनै एउटा शहरबाट दैनिक एक वटा उडान गरी सातामा बढीमा सात उडानको अनुमति पाउन सक्ने व्यवस्था गरेको छ। तर यस्तो यात्रा गर्ने व्यक्तिले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट र नेपाल आएपछि क्वारेन्टिनमा बस्नका लागि होटलको बुकिङ गरेको हुनुपर्ने शर्त तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्