जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १३:३६

ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई बोनस सेयरसहित १६%


काठमाडौं, कात्तिक ७

ग्लोबल आईएमई बैंकले लाभांश प्रस्ताव गरेको छ । कात्तिक ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफा तथा जनता बैंकलाई मर्ज गर्दा आएको वार्गेन गेनबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले गत वर्ष १२.७५ प्रतिशत बोनस र करसहित १२.७५ प्रतिशत नगद लाभांश दिएको थियो । बैंक सञ्चालक सेयरधनीलाई कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमध्ये १४ प्रतिशत बोनस सेयर

र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ । बै‌ंकले विदेशमा पनि तीन ओटा प्रतिनिधि कार्यालयमाफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तामा वितरण हुनेछ । बैंकले हाल १३३ शाखा, १४२ एटिएम तथा ७ वटा एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिरहेको छ ।