काठमाडौं, पुष १६
सरकारले उखु किसानको रकम नतिर्ने मिलका सञ्चालकलाई पक्राउ गर्न शुरु गरेको छ । किसानसँग २१ दिने सम्झौता गरेको सरकारले त्यसको केही दिनमै लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको हो ।
बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको बताइएको छ । उक्त चिनी मिल सुशिला गोयलको नाममा भएपनि अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो ।
यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६–१७ करोड तिर्न बाँकी रहेको छ । यसअघि किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए ।
प्रतिक्रिया दिनुहोस्