बिराटनगर, जेठ १४ । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहनुभएका अध्यक्ष न्यौपानेको ४७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
डेढ सातादेखि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । पूर्वको सबैभन्दा ठूलो रेडियो सप्तकोशी एफएमको स्टेशन म्यानेजर न्यौपाने नेपाली रेडियोको आन्दोलनमा अग्रभागमा रहनेमध्येको एक हुनुहुन्छ ।
न्यौपाने नेकपा एमाले केन्द्रीय प्रचार विभाग सदस्य तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो । झापाको गौरादह स्थायी निवासी न्यौपाने न्यौपाने प्रेस चौतारी नेपालका सल्लाहकार समेत हुनुहुन्छ । उहाँ डेढ दशकदेखि इटहरीमा बसोबास गर्दै आउनुभएको थियो । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्