जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:१२

मुटु रोगको उपचारमा ‘भेस्ट’ प्रविधि प्रभावकारी : डा. रजनिश


८ कात्तिक, काठमाडौं । भारतका चर्चित मुटु रोग विशेषज्ञ डा. रजनिश कपुरले मुटु रोगको जोखिम कम गर्न ‘भेस्ट’ उपचार प्रविधि प्रभावकारी हुने बताएका छन् । यो प्रविधिको सहयोगले घरमै बसेर मुटु रोगको उपचार गर्न सक्ने उनको भनाइ छ ।

भारत सरकारबाट पञ्जाब रत्नको उपाधी प्राप्त गर्न सफल डा. रजनिश गुडगावमा अवस्थित मेदान्त हस्पिटलका वरिष्ठ निर्देशकसमेत हुन् । उनी मार्केटिङ एडभरटाइजिङ रिर्सच सोलुसन (मार्स) प्रालिद्वारा राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा भाग लिन नेपाल आएका छन् ।
कार्यशाला गोष्ठीमा बोल्दै उनले भने, ‘हृदयाघातका कारण सबै व्यक्तिको मृत्यु हुँदैन । हार्ट फेलियरका कारण धेरै व्यक्तिको मृत्यू हुन्छ जसमा मुटुले सही तरिकाले रगत पम्प गर्न सक्दैन ।’