जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १७:४०

दक्षिण एसियाको आर्थिक विकासको लागि अन्तरनिर्भरता अत्यावश्यकः अर्थमन्त्री खतिवडा


काठमाण्डौं, बैशाख २०

अर्थमन्त्री डा.युवराज खतिवडाले दक्षिण एसियाको आर्थिक विकास मार्फत जनताको कल्याण र सम्बृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताउनु भएको छ ।

एसियाली विकास बैंकको बाउन्नौ बोर्डस् अफ गभर्नरको वार्षिक बैठकको शिलशिलामा फिजीको नादीमा बिहिबार आयोजित दक्षिण एसियाली क्षेत्रीयसहयोग संगठन ९सार्क०काअर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गर्दै उक्त कुरा बताउनु भएको हो ।

उहाँले दक्षिण एसिया विश्व आर्थिक बृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउदै गएको भएता पनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा कम भएको उल्लेख गर्नुभएको छ ।

अर्थ मन्त्री खतिवडाले दक्षिण एसियाको समग्र अर्थिक स्थायित्वको चर्चा गर्दै नेपालले ईतिहासमै लगातार तेस्रो बर्ष सम्म ६ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि हासिल गर्न सफलभएको उल्लेख गर्नु भयो । उहाँले लगातार उच्चआर्थिक बृद्धि हासिल गरिरहँदा ब्यापार घाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको वताउदै आगामी दिनमा उच्चआर्थिक बृद्धि र वाहय क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यानपुर्याउने जानकारी दिनु भयो ।