बाहिर हँसिलो अनुहार देखेर मात्रै कहाँ हुन्छ र ? त्यो हँसिलो अनुहारभित्रको पीडा थाह पायौ भने तिमी आफै तीनछक पर्छौं भन्दै ऊ एकाएक अतितमा हरायो, अनि कथा सुनाउँदै गयो । ‘… लोग्नेले खोजेको बेला स्वास्नी मान्दिरैनछे, स्वास्नीले खोज्दा लोग्ने पनि बटारिदोरैछ ।
गणेश बस्नेत
यति धेरै पिइएछ कि मध्यरातको १२ बजेर ५७ मिनेट गएको पत्तै भएन । साँझको ६ बज्नु अघि नै सुरु गरेको रसिलो त्यो बसाईले ७ घण्टालाई ७ मिनेट जस्तै बनाइदियो । अतितको रोमाञ्चित कथाले यति लामो समय क्षणभरमै बितेछ । बाहिर सुमधुर धुन बजिरहेको थियो, संगीतमय धुनले सुनमा सुगन्ध थपे जस्तै बनेछ हाम्रा लागि । हामी त भर्खर आए जसरी अर्काे बोतल सकाउने मुडमा थियौं । तरूनीको नामै लिएर स्वाद लिइरहेका थियौं सोमरससँगै । घर परिवारदेखि दुनिया सवै भुलेर कुनै उपन्यासमा फेला परेको ‘इम्याजिङ एन एन्जेल अफ हेवन अर्थात स्वर्गकी परीको कल्पना’ मा पौडी खेलिरहेका रहेछौं ।
यत्तिकैमा अघि ल्याएको बोतल लड्यो । थोरै अंश बाँकी रहेछ, पोखियो । बोतल मात्रै लडेन, त्यहाँ हाम्रो दिमाग पनि सात बल्याङ भएछ । भर्खरै भइरहेको बिषय पनि त्यँही बिट मारेर उस्ले हाम्रै पेशामा रहेका एक जोडीको कथा खोल्न थाल्यो । त्यो कथा निकै पीडादायी थियो । आफैले राम्रोसँग चिने–जानेकै भए पनि उस्ले भन्नुअघि बिल्कुलै अन्जान थिएँ म । यसै पनि अरूको चियोचर्चाे नगर्ने कोटीमा परेको मान्छे न परें म, निकै साहसिक र राम्रा जोडी लाग्यो मलाई उनीहरू । तर मेरो पनि ध्यान मोडिदियो उस्ले । उस्को त्यो कुराले सोमरस पनि कता बिलायो–बिलायो, थाहै भएन । भर्खरैसम्म रोमाञ्चकारी बसाई पीडाभित्र हराउने बादलले ढाकिदियो ।
सधै चम्किलो अनुहार छ तिनीहरूको, यस्तै हुन है सव जोडी के भनेको मात्रै थिएँ, ‘बाहिर हँसिलो अनुहार देखेर मात्रै कहाँ हुन्छ र ? त्यो हँसिलो अनुहारभित्रको पीडा थाह पायौ भने तिमी आफै तीनछक पर्छौं भन्दै ऊ एकाएक अतितमा हरायो, अनि कथा सुनाउँदै गयो । ‘लोग्नेले खोजेको बेला स्वास्नी मान्दिरैनछे, स्वास्नीले खोज्दा लोग्ने पनि बटारिदोरैछ । चाहिन चाँहि दुवैलाई बेस्सरी चाहिने, दिनदिनै नभइ नहुने । दुइटैलाई प्यास धेरै लागेछ, प्यास बढदै जाँदा उकुस मुकुस भएछ । तिर्खा लागेको बेला पानी पिए त हुन्थ्यो नि ! तिर्खा नै मेटिन्थ्यो, केही हुन्नथ्यो नि ! तर के गर्नु ? आफूलाई ठूलो ठान्ने रोगमा दुवै जना पिल्सिएछन ।
त्यही घमण्डले उनीहरूबीचको सम्बन्ध यतिसम्म बिग्रिएछ कि एकदिन लोग्ने स्वास्नीबीच नियमित भइरहने कुरा गर्दा पनि कुरूक्षेत्र जस्तो युद्धभूमि बनेछ घर । लोग्नेलाई नै स्वास्नीले मेरो भाँडो भरिएको छ, रस पिउने र पिलाउने अर्कै छ । तलाई मन लागे त्यँही बसपार्क जा भनिछे । लोग्ने पनि के कम थियो र ? … भए तँ बेश्याको के काम ? त्यही …को ओछ्यान तताउन जा … भन्नसम्म भ्याएछ । यो कुराले दुईबीच ठूलै दरार आयो । सँगै बस्न नसक्ने भएछन । लोग्ने–स्वास्नी मिलेर समाज, छिमेकी, साथीभाई सवैसँग राज गरेका उनीहरू क्षणभरमै ‘नाठो र जार’ जस्तो पो बनेछन । एकले अर्कालाई परपुरूष र परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोपको बर्षा नै गरेछन ।
साथीहरूमध्ये दुवैका केही साथीहरू यस्ता पनि निस्किए, उनीहरूलाई फुटाउँदा नै आफ्नो फाइदा देख्न थाले । लाग्नेको साथीले उस्को स्वास्नी आफ्नो ओछ्यानमा निवस्त्र आएको कल्पना गर्न थाले । स्वास्नीको साथी पनि त्यही कल्पनामा रमाउन थालेछन । तिनैमध्येकाले दिनदिनै बसपार्क जाने गरेको, फलानोको क्वार्टरमै रात बिताएको आफैले देखेकोसम्म भन्न भ्याएछन
यी सवै घटना केही समयभित्रै जताततै फैलियो । आफन्त, साथीभाई सवैले चाल पाए । कसैलाई नभन्नु है भन्दाभन्दै सवैतिर फैलाइदिए । सुरु सुरुमा त दुवैका साथीभाइले सम्बन्ध बिग्रनु राम्रो होइन भन्दै सम्झाए । तर केही समयमै बोली फेरिन थाल्यो । लोग्नेका साथीले स्वास्नीको चरित्र खराव देखाउन थाले, स्वास्नीको साथीले लोग्नेको चरित्र खराव देखाउन थाले । साथीहरूमध्ये दुवैका केही साथीहरू यस्ता पनि निस्किए, उनीहरूलाई फुटाउँदा नै आफ्नो फाइदा देख्न थाले । लाग्नेको साथीले उस्को स्वास्नी आफ्नो ओछ्यानमा निवस्त्र आएको कल्पना गर्न थाले । स्वास्नीको साथी पनि त्यही कल्पनामा रमाउन थालेछन ।
तिनैमध्येकाले दिनदिनै बसपार्क जाने गरेको, फलानोको क्वार्टरमै रात बिताएको आफैले देखेकोसम्म भन्न भ्याएछन । त्यस्तो …सँग अव पनि सँगै सुत्ने ? थुक्क… भन्दै दुवैलाई उचाले अनि तुरून्तै छाडिहाल भन्न पनि भ्याए । केही समय निरन्तर चलिरह्यो यो श्रृंखला । दुवै जना राम्रा थिए, अनुहारमा यस्तै हँसिलो । यसै मेसोमा एक दिन शहरभन्दा टाढा बसेको एकजना कोही मान्छे आएछ उनीहरूको शहरमा । दुवैले मान्ने अनि दुवैलाई चिन्ने मान्छे रहेछ त्यो । एअरपोर्टबाटै उस्ले दुवै जनालाई पालैपालो फोन गरेर भनेछ, ‘आज भात खान तिम्रो घरमा आउँछु, बनाएर राख है ।’ जवाफमा हुन्छ भन्दै दुवैले स्वागत गरेछन । तर उस्ले खाना खान आउँदा दुवै जना घरमै हुनुपर्ने र आफूसँगै खाना खानुपर्ने सर्त राखेछ।
छोराछोरीका लागि एउटै घरमा बसे पनि बोलचाल बन्द थियो उनीहरूबीच । खाना खान आउछु भन्ने त्यही मान्छेको फोनले काम गरेछ उनीहरूको घरमा । दुवै जना जम्मा भएर घरमा स्वागत गरेछन अनि सँगै बसेर तीनै जनाले खाना खाएछन । खाना खाने बेला त्यो मान्छेले के मन्त्र दियो कुन्नी ? ऊ हिडेपछि दुवै जना मिलेछन । मध्यस्थकर्ता खोज्दै प्यास मेटन कतै जानु परेनछ, कुरा मिलेछ । ‘बसपार्क जा’ भन्ने स्वास्नीले माफी मागिछ, बेश्या भनेकोमा लोग्नेले । अनि अतितका सवै कुरा भुलेर अघि बढने प्रणसँगै उनीहरूले दुवैले जित्ने युद्ध सुरु गरेछन । मुहारमा चमक छाएछ । दुवैसँग उभिएर फोटो खिच्न खोज्दै थिएँ, यत्तिकैमा छोराको आवाज आयो, ‘पापा ब्ल्याक टी रेडी भो ।’ झल्याँस्स ब्यूँझिए ।
(प्रकाशोन्मुख कृती ‘कथाभित्रको कथा’को एक अंश)
प्रतिक्रिया दिनुहोस्