जानकारहरूको अनुसार वर्तमान विश्व व्यवस्थालाई स्थिर बनाउन राष्ट्रपति सीले आफ्नो ताइवान र तिब्वत नीतिमा परिर्वतन गर्नु पर्दछ । दक्षिण चीन सागर र प्रर्वीय चीन सागरमा सैन्य भण्डारलाई सन्तुलन गर्न चीन र अमेरिकाबीच सहकार्य हुनु पर्दछ ।
विपिन देव
शित युद्धको अन्त्य हुन वित्तिकै संसारमा एकपक्षिय विश्व व्यवस्थाको (भूनीलेटरल वल्र्ड अर्डर) को निर्माण भयो । शित युद्धको अन्त्यलाई फुकुयामाको पुस्तक “द इण्ड आँफ हिष्ट्रि”ले उद्घोष गरेको देखिन्छ । अमेरिकी नेतृत्वको विश्व व्यवस्थाका चारवटा मानसपुत्रहरू भए । अर्थात अर्थव्यवस्थामा भूमण्डलीकरण, राजनीतिक प्रजातान्त्रिकरण, कार्यशैलीमा उदारवाद र जीवन पद्वतिमा सूचना प्रविधिको व्यापक विस्तारबाट विशव व्यवस्थालाई दिशानिर्देशित गरेको थियो । अन्तर्राष्ट्रिय संस्थाहरूमा विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व स्वास्थ्य संगठन, विशव व्यापार संघलगायत हरेक संस्थाहरूमा अमेरिकाको एकल नेतृत्व रहेको थियो ।
सन् १९९० ताका चीनको जि.डि.पी. विश्व अर्थतन्त्रको एक दशमलव पाँच भाग मात्र थियो भने सोभियत रुसको विघटनले गर्दा रुसको आर्थिक सार्मथ्यमा पचास प्रतिशतको गिरावट रहेको थियो । अमेरिकी नेतृत्व र सत्तालाई चूनौती दिने सार्मथ्य कसैमा थिएन । सन् १९९२ मा अमेरिकाले सदाम हुसेनको नेतृत्वमा रहेको इराकमाथि सैनिक कार्वाही गर्दा अमेरिकालाई रुस र चीन सैन्य सहयोगसमेत प्राप्त भएको थियो । रुस र चीनवाहेक मध्यपूर्वका इश्लामिक मुलुकहरू समेत इराकको विरुद्धमा अमेरिकालाई सहयोग गरेका थिए । शितयुद्ध पश्चात चिनियाँ रणनीतिमा व्यापक परिर्वतन देखिएको छ । अर्थात आर्थिक उदारीकरण र भूमण्डलीकरणको हुरी र वतासबाट चीनले आफ्नो आर्थिक सार्मथ्यमा अभूतपूर्व सफलता हासिल गरे ।
अमेरिकी पूँजी र प्रविधिलाई प्रचूर मात्रामा प्रयोग गर्दै चीनले आफ्ना पकडलाई बलियो बनाए । शित युद्ध भन्दा पहिला सोभियत रुस र अमेरिकाबीच सामरिक मात्र टक्कर मात्र थियो । आर्थिक कारोवारको हिसावले सोभियत रुस र अमेरिकाबीच सघन सम्बन्ध थिएन । सोभियत रुस र अमेरिका विच वर्षेनी व्यापार २ विलियन अमेरिकी डलरको मात्र रहेको थियो । जबकि चीन र अमेरिकाले दैनिकी व्यापार २ विलियन अमेरिकी डलरको गरिरहेको छ । सोभियत रुस विश्वमा साम्यवाद प्रत्यारोपण गर्न आफ्नो सार्मथ्य र शक्तिलाई प्रयोग गरेको थियो भने चीनले आफ्नो व्यापारिक कारोवारलाई फैलाउन आतुर देखिएको छ । बिश्वको १२४ वटा मुलुकहरूको सबभन्दा ठुला व्यापारिक साझेदारको रुपमा चीन रहेको छ । वर्तमान अर्थ व्यवस्था वितरण प्रणाली (स्पलाई चेनमा) निर्भर रहेको छ ।
अर्को शब्दमा भन्ने हो भने एउटा कारको निर्माण १६ वटा मुलुकहरूको सहभागिता हुने गरेको छ । वितरण प्रणालीको संरचनामा चीन माहिर खेलाडी रहेको छ । कारको डिजाइन अमेरिकामा भएता पनि र मेशीन निर्माण जापानमा भएता पनि कारमा मेड इन चाइना लेखिएको हुन्छ । वितरण प्रणालीको संरचनाले गर्दा हरेक मुलुकले आर्थिक सामिप्यता चीनसंग राख्ने गरेको छ भ ने भू-राजनीतिक सुनिश्चितता र सुरक्षाको प्रत्याभूति अमेरिकासंग प्राप्त गर्ने गरेको छ । शीत युद्ध पश्चात विश्व अर्थतन्त्र ट्रान्सप्यासिफिक (एसिया)मा अवतरित भयो । भारत, दक्षिण कोरीया, इनडोनेशीया जस्ता अनेकौ मुलुकहरू आफ्नो आर्थिक विकासमा अभूतपूर्व सफलता प्राप्त गर्यो । यी परिवेश र परिस्थितमा अमेरिकी नेतृत्वको एकपक्षिय व्यवस्था (युनीलेटरल)को सट्टा द्विपक्षिय नेतृत्व (वाइलेटरल) व्यवस्थाको निर्माण भयो ।
सन् २०१३ पश्चात चीनिया रणनीतिमा व्यापक परिर्वतन देखियो । राष्ट्रपति सी वि.आर.आए. गुरुयोजनाको माध्यमबाट आफ्नो प्रभाव र प्रभूत्वलाई बढाउन रणनीतिका साथ अगाडी बढ्यो भने पुटीनको नेतृत्वमा रसीया समेत आफ्नो शक्ति र सार्मथ्यको परिचय भू-राजनीतिमा उद्घोष गर्यो । कूटनीतिक वृतमा चीनले आफ्नो प्रयास र प्रभावलाई अगाडी बढाउन इरान र साउदी अरबेयीलाई एक ठाउँमा प्रयास गरेता पनि सफल भएको छैन । हिन्दमहासागरीय क्षेत्रमा व्यापरिक कारोवारलाई शान्ती र सुरक्षा प्रत्याभूत गर्न चीनिया जलसेनाको सक्रियता देखिएको छैन । अर्थात् हुती र हजबुला लडाकाहरूले व्यापारिक कारोवार गरिरहेका सामुद्रिक मालवाहकलाई वारम्वार हमला गरिरहेको अवस्थामा अमेरिका, वेलायत र भारतले मात्र सुरक्षा प्रदान गर्न सक्रिय देखिएको छ । भनाईको अर्थत चीन आफ्नो सैनिक परिचालन गर्न जर्मको गरेको देखिदैन ।
द्विपक्षिय विश्व व्यवस्था अन्र्तगत धुव्रिकरण चरम रूपले बढिरहेको छ । चीन आफ्नो शक्ति र सार्मथ्यलाई पूर्ण रूपले पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा केन्द्रित गरेको देखिन्छ । धुव्रिक्रित संसारमा चीनिया गठवन्धनमा रहेका मुलुकहरू पाकिस्तान, इरान, उत्ररकोरीया र रसिया लगायतका मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा देखिएको छ भने अमेरिकी नेतृत्वमा रहेका देशहरू दक्षिण कोरीया, जापान, अष्ट्रेलीया, युरोपेली यूनीयन, भारत लगायत अन्य मुलुकहरू आर्थिक हिसावले अब्वल रहेको छ । एक अध्ययन अनुसार विश्व अर्थतन्त्रको ७५ प्रतिशत प्रजातान्त्रिक कित्ताका मुलुकहरूसंग रहेको छ । विश्व सैन्य क्षमताको ८५ प्रतिशत यी मुलुकहरूसंग नै रहेको छ । त्यस्तै संसारका ९५ प्रतिशत एजेन्डा सेटिङ्ग यी मुलुकहरूद्वारा नै हुने गरेको छ । विश्वका ठुला १० वटा व्यापारिक कम्पनीहरू मध्ये ९ वटा कम्पनीहरू अमेरिकी नै रहेको छ । अमेरिकाका तीनवटा कम्पनीहरूको सार्मथ्य पुरै जर्मनीको सेयर बजारको आकार रहेको छ ।
जानकारहरूको अनुसार वर्तमान विश्व व्यवस्थालाई स्थिर बनाउन राष्ट्रपति सीले आफ्नो ताइवान र तिब्वत नीतिमा परिर्वतन गर्नु पर्दछ । दक्षिण चीन सागर र प्रर्वीय चीन सागरमा सैन्य भण्डारलाई सन्तुलन गर्न चीन र अमेरिका विच सहकार्य हुनु पर्दछ । इजरायल हमासको अनवरत लडाई र रसीया यूक्रेनको निरन्तर संग्रामको विभिषिकाबाट दक्षिण गोलाद्वका मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा गइरहेको छ । केनीया जस्ता मुलुकले कुल आम्दानीको ७५ प्रतिशत व्याज नै बुझाउने गरेको छ । यस परिवेशमा अमेरिका र चीनको सहकार्य र कूटनीतिक समझदारीको टडकारो आवश्यकता देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्