जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १३:२४

भन्सार छली गरेर ल्याइएको कपडा बरामद


काठमाडौं, बैशाख २३

अवैध रूपमा भन्सार छलेर ल्याएको १० लाख ५० हजार बराबरको कपडा सिरहा प्रहरीले बरामद गरेको छ । आइतवार दिउँसो ३ बजे वीरगन्ज महानगरपालिकावडा नं. १६ बाट प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले आरुफआलमको गोदामबाट उक्त कपडा बरामद गरेको हो ।

यस्तै संजिव साहको गोदामबाट नेपालबाट भारततर्फ अवैध निकासी गर्ने क्रममा रहेको रु ८ लाख अठ्ठाइस हजार बाराबरको ४ सय ४० वटा बोरामा २२ हजार किलो केराउ बरामद गरेको छ । आज बिहान सिरहा नगरपालिकाबाट केराउ बरामद गरेको प्रहरीले जनाएको छ