काठमाडौं, वैशाख २३
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटार जग्गा प्रकरणमा दोषी भए कारवाही भोग्न तयार रहेको घोषणा गर्नुभएको छ । उहाले ललिता निवासको जग्गा प्रकरणमा आफु दोषी भए कारवाही भोग्न तयार रहेको घोषणा गर्नुभएको हो ।
संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै महासचिव पौडेलले व्यक्तिका नाममा दर्ता गरिएका सरकारी जमिन फर्काउन सरकारले गरेको प्रयत्नको स्वागत गर्नुभयो । ‘ललिता निवास परिसरको जग्गा प्रकरणमा गम्भीरतापूर्वक छानबिन होस्, सत्यतथ्य सार्वजनिक होस् दोषीलाई कडा कानूनी कारबाही होस् भन्ने माग गर्दछु’ उहाले भन्नुभयो, ‘र म आफू दोषी ठहर भए जुनसुकै सजायँ भोग्न तयार छु ।’
उहाले जो सुकै दोषी भएपनि कारवाही भोग्न तयार रहनुपर्ने बताउनु भयो । ‘ललिता निवासको सरकारी जग्गा प्रकरणमा मेरो, शेरबहादुर देउवा, माधव नेपाल र बाबुराम भट्टराईको नाम जोडिएका छन्’, उनले भने, ‘मैले यसअघि नै प्रेस विज्ञप्तीमार्फत् सत्यतथ्य सार्वजनिक गरिसकेको छु।’
प्रतिक्रिया दिनुहोस्