वर्तमान परिवेशमा हिन्दु संघ र सङ्गठनको समेत चर्को दवाव रहेको छ । हरेक हिंसात्मक गतिविधिमा हिन्दुहरू नै हिंसाको शिकार हुनुपर्ने कुरा मानवीय मूल्य र मान्यता विपरित रहेको छ । सन् २०२५ मा नै बंगलादेशमा २४ सय पटक हिन्दुहरूमाथि आक्रमण भएको छ । सन् १९४७ देखि हालसम्म कश्मिरको ज्ञान, विज्ञान, संस्कृती र सभ्यतालाई पुलकित गर्ने कश्मिरी पण्डितहरूका करुणाका कथाहरूलाई इतिहासको शिलालेखले समेत वर्णन गर्न सकिदैन । यस्तो विषम परिस्थितिमा भारत पाकिस्तानको साझा दायित्व नै आतंकवादीमाथि लगाम लगाउनु हो । यसदिशातर्फको दकम नै दुई देशको मात्र नभईसमग्र मानव कल्याण र बिश्वहितमा हुनेछ ।
विपिन देव
भारतको विभाजनलाई इतिहासकारहरूले अभिष्ट दुर्घटनाको रूपमा व्याख्या गरेका छन् । “गिल्टी म्यान अफ पार्टीसन अफ इण्डिया” मा डा. राममनोहर लोहियाले विभाजनको कारण नेतृत्व वर्गको महत्वाकांक्षालाई नै इंकित गरेका छन । महात्मा गान्धी जस्ता महामानव पनि त्यो दुर्घटनालाई रोक्न नसक्नुको कारण ब्रिटिस सरकारद्वारा भारत भूमिमा छरिएको सम्प्रदायिक घृणाको विउ नै रहेको मान्दछन । सामाजिक सद्भाव र सम्प्रादाियक एकताको लागि हरप्रयास गर्दागर्दै महात्मा गान्धीले आफ्नो सहादत दिएका थिए । भारतबाट पाकिस्तान विभाजन हुनुको कारण जिन्हाद्वारा प्रस्ताव गरिएको “टु नेशन थ्यौरी” नै थियो । अर्थात हिन्दु र मुसलमान दुई पृथक धर्म र संस्कुति भएका कारणले गर्दा दुई समुदायको आ-आफ्नै पहिचानको साथ आफ्नै मुलुक हुनुपर्ने जिन्हाको आग्रह थियो ।
गान्धीको नेतृत्वमा रहेका नेहरु, पटेल र मौलाना आजाद जस्ता नेताहरूले राजनीति र धर्मनीति फरक भएकोले गर्दा भारत सबै समुदाय र धर्मको साझा विरासत भएको प्रस्ताव राखेका थिए । भारत धर्मनिरपेक्षता, समावेशी र सहअस्तित्वको आधारस्तम्भमा निर्माण भयो भने जिन्हाद्वारा प्रस्ताव गरिएको राष्ट्र पाकिस्तान इश्लामिक मूल्य र मान्यताको आधारमा निर्माण भएको थियो । पाकिस्तानको जन्म हुँदा अल्पसंख्यकहरू (हिन्दु, शिख, इसाई र जैन) को संख्या लगभग २० प्रतिशत रहेको थियो । सन् १९४७ अगस्टमा ब्रिटिस साम्राज्यवादको चंगुलबाट मुक्त भएका यी दुई मुलुकहरूबीच सन १९४७ अक्टोवरमा नै युद्ध हुन गयो । युद्धको कारण कश्मिर रहेको थियो । कस्मिर भन्नाले जम्बु र लदाक समेत बुझिन्छ । तत्कालीन अवस्थामा स्वतन्त्रता र परिर्वतनको हुरी र वतासबाट कश्मिरका राजा हरि सिंह विलकुलै अलग बसेका थिए । डोगरा वंशका राजा हरि सिंह मिश्रित संस्कृतिका सम्वाहक थिए । अरू राज्यहरू भन्दा कस्मिर सम्पन्न, सुन्दर र सुसंकृत भएकोले गर्दा छुट्टै गरिमा र महिमाको साथै राजा हरि सिंह कस्मिरलाई स्वतन्त्र राष्ट्रको रूपमा राख्न चाहन्थे । तर पाकिस्तानलाई यो पाच्य थिएन ।
पाकिस्तानी सैनिकहरू आदिवासीको (कविला) पोशाकमा कश्मिरमा घुषपैठ गरी सत्ता कब्जाको जाल फैलाए । पाकिस्तानी सैनिकलाई परास्त गर्न राजा हरि सिंहको सार्मथ्य थिएन । उनले भारतसंग गुहार मागे । पूर्वसर्तको रूपमा भारत एकीकरण कानुनमा आफ्नो हस्ताक्षर गर्दै कश्मिरलाई भारतमा विलय भएको घोषणा गरे । सन् १९४७ मा भएको भारत पाकिस्तान युद्धमा ७५ प्रतिशत कस्मिरको भूभागमा भारतको कब्जा भयो भने लगभग २५ प्रतिशत भू-भागमा पाकिस्तानको कब्जा रह्यो । पाकिस्तानको कब्जामा रहेको कस्मिरलाई पाकिस्तान अकुपाईड कस्मिर भनिन्छ । पाकिस्तान स्वतन्त्र राष्ट्र भए तापनि आफ्नो गौरवको इतिहासलाई आत्मसाथ गरेन । स्वतन्त्रता संग्रामको लामो बलिदान, दर्शन र साहित्यकोे प्रयोगलाई पाकिस्तानले जीवन दर्शनको रूपमा स्वीकार गर्न सकेन । गान्धीको अहिंसा, एमएन रायको माक्र्सवादको अद्भूत प्रयोग र नरेन्द्र देवादेखि डा. लोहियाको समाजवादी विर्मश र प्रस्तावनालाई राष्ट्रिय मुद्दा र बहसको विषय पाकिस्तानले बनाउन सकेन ।
इतिहासलाई विस्मृतिमा राखेर इश्लामलाई जीवन पद्धति बनाएको पाकिस्तानले धर्मयुद्ध (जिहाद) लाई राष्ट्रिय मन्त्रको रूपमा अगाडि बढायो । भारतका तत्कालीन प्रधानमन्त्री पण्डित नेहरुको मुख्य चिन्ता नै पाकिस्तानमा रहेका अल्पसंख्यकहरू प्रति रहेको थियो । तदनुरुप भारत र पाकिस्तान बीच सन १९५० अप्रिल ८ मा एक सम्झौता भयो, जसलाई नेहरु लियाकत प्याक्ट भनिन्छ । सम्झौताको प्रस्तावना र उद्धेश्य नै अल्पसङ्ख्यकप्रति आआफ्नो राष्ट्रमा जिम्मेवारी लिनु थियो । नेहरु लियाकत प्याक्टको धरातलीय प्रभाव पाकिस्तानी जीवन पद्धतिमा देखिएन । विभाजनताका १७ प्रतिशत हिन्दु रहेको पाकिस्तानमा वर्तमान अवस्थामा केबल ३ प्रतिशत मात्र हिन्दु रहेको देखिन्छ । सन् १९६२ मा भारत चीन युद्ध पश्चात भारत एक संकटकालीन अवस्थामा रहेको थियो ।पाकिस्तानका सैनिक शासक अैयुवखान प्रतिशोधको अवस्थामा रहेको थियो । नेहरुको मृत्यु उपरान्त सादगी, सदाचार र निष्ठाका प्रतिमुर्ति लालबहादुर शास्त्री प्रधानमन्त्री बनेका थिए । नेहरु जस्तो आर्कषक व्यक्तित्व र अन्तर्राष्ट्रिय पहिचान नभए तापनि राष्ट्रियताको ओज र स्वाभिमानको जोश शास्त्रीमा रहेको थियो ।
कश्मिरको मुद्दामा नै सन १९६५ मा भारत पाकिस्तानबीचच युद्ध हुन गयो । शास्त्रीले “जय किशान र जय जवान” को नारा दिँदै राष्ट्रवादको शंखनाध गरे । २२ दिनको युद्धमा भारतीय सेनाले पाकिस्तानको लाहोरसम्म पुगेर विजयको घोषणा गरे । पाकिस्तान र भारतबीच भइरहेको तनावलाई शिथलीकरण गर्न सोभियत रुसले सक्रिय भुमिका खेलेको थियो । भारतका प्रधानमन्त्री शास्त्री र पाकिस्तानका सैनिक शासक अैयुव खानलाई तासकन्तमा निमन्त्रणा गरियो । सोभियत संघको मध्यस्थता भारत र पाकिस्तानबीच एक सम्झौता भयो जसलाई “तासकन्त सम्झौता” भनिन्छ । सन १९६६ जुन १० मा भएको उक्त सम्झौताद्वारा शान्ति बहालीको साथै भारतद्वारा कब्जा गरिएको भूभाग पाकिस्तानलाई र्फिता गरियो । सम्झौता अनुरुप गहन समस्यालाई निरुपण गर्न द्विपक्षीय संयन्त्रलाई प्रचूर मात्रामा प्रयोग गर्नेमा तासकन्त सम्झौता परिलक्षित रहेको थियो । तर पाकिस्तानले तासकन्त सम्झौतालाई मानर्मदन गर्दै कस्मिरको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न कुनै कसर वॉकी राखेन । “टु नेशन थ्यौरी” आफैमा इस्खलित हुँदै थियो ।
पाकिस्तानमा रहेका बंगाली भाषीहरूले उर्दूलाई राष्ट्रिय भाषाको रूपमा स्वीकार गर्न तयार थिएनन । शेख मजबुहुर रहमानको नेतृत्वमा पूर्वीय पाकिस्तान (हाल वंगलादेश) मा चर्को आन्दोलन सुरु भयो । पाकिस्तानी सैनिकहरूको वर्वताले गर्दा वंगाली समुदायहरू शरणार्थीको रूपमा भारतमा शरण लिए । एक अध्ययन अनुसार एक करोड शरणार्थीले भारतमा प्रवेश गरेका थिए । त्यो समयमा भारतमा अब्बल नेतृत्व रहेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी शेख मजहुवुर रहमानको मुक्ति वाहिनीलाई सहयोग गर्न पाकिस्तान विरुद्ध सैनिक परिचालित गरे । संसारको इतिहासमा सायद यो पहिलो घटना थियो कि ९५ हजार पाकिस्तानी सैनिकहरू युद्धवन्दी हुन पुयो । अर्थात् पूर्वीय पाकिस्तान विभाजित हुँदै विश्व भूगोलमा वंगलादेशको नाममा नयाँ मुलुकको जन्म भयो । सन १९७१ को युद्धलाई शान्तिमा परिर्वतन गर्न भारत र पाकिस्तानबीच हिमाञ्चल प्रदेशको सुन्दर ठाउ‘ शिमलामा एक सम्झौता भयो, जसलाई सिमला सम्झौता भनिन्छ ।
सन् १९७२ जुलाईमा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी सैनिक शासक जुल्फिकर अली भुट्टोबीच भएको उक्त सम्झौता द्विपक्षीय सम्बन्धको लागि कोषेढुङ्गा रहेको छ । जनरल जाकोबले आप्mना पुस्तक “सरेन्डर ढाका” र केके सिंहले “गोलोवल हिष्ट्रि अफ क्रिएशन अफ पाकिस्तान” मा इन्दिरा गान्धीको नेतृत्वको अब्वलताको चहकिलो र गहकिलो चर्चा गरेका छन् । इतिहासको त्यो कालखण्डमा अमेरिकी राष्ट्रपति निक्सन र हेनरी किसिनजर पाकिस्तानको पक्षमा उभिएका मात्रै थिएनन कि अमेरिकी युद्धपोत समेत वंगालको खाडीमा तैनाथ गरेका थिए । हिमाली क्षेत्रबाट चीन समेत पाकिस्तानको पक्षमा तमतयार रहेको थियो । कूटनीतिको अब्वल खेलाडी इन्दिरा गान्धीले अमेरिकी र चिनियाँ दवावलाई मत्थर गर्न सन् १९७१ मा सोभियत संघसंग शान्ति सम्झौता गरिकी थिइन । ७१ को गर्भबाट जन्मेको शिमला सम्झौताले प्रष्ट रूपमा कस्मिर भारत मात्रको अभिन्न अङ्ग भएको स्वीकार गरेको देखिन्छ । इन्दिरा गान्धीको जीवनीकार इन्दर मलहोत्रा र पापुल ज्याकर आप्नो पुस्तकमा भारत र पाकिस्तानबीचको युद्धको वारेमा रोचक चर्चा गरेका छन् ।
शिमला सम्झौताको छत्रछायामा भारत पाकिस्तान सम्बन्ध शान्ति र स्थायित्वतर्पm गएको कुरा व्याख्या गर्न सकिन्छ । असीको दशकमा राजीव गान्धीको प्रधानमन्त्रीत्वमा पाकिस्तान दवावमा नै रहेको थियो । राजीवले सुरक्षा खर्च व्यापक बढोत्तरी गर्दैै भारतीय सैनिकलाई आधुनिकीरणको युगमा प्रवेश गराएका थिए । सन् १९८६ मा भारतीय सैनिक प्रमुख सुन्दरजीले ५ लाख सैनिकहरूलाई बोर्डरमा सैन्य अभ्यास समेत गराएका थिए । ९० को दशकमा विपि सिंहको सरकारको समयमा पाकिस्तानी खोपिया एजेन्सीको विगविगी कश्मिर घाटीमा बढेको देखिन्छ । इतिहासको त्यो कालखण्डमा कश्मिरका पण्डितहरू माथि भएको वर्वरता र निर्ममताले हरेक मानवीय मूल्य र मान्यतालाई मानमर्दन गरेको देखिन्छ । वाजपेयीको आगमनको समयमा भारत(पाकिस्तान बीचको सम्बन्धलाई एक नयॉ उचाईमा पु¥याउने प्रयास गरिएता पनि पाकिस्तानको सैनिक र कट्टरपन्थीहरूले सफल हुन दिएनन् ।
भारत पाकिस्तानबीच सघन सम्बन्ध बनाउन बाजपेयीले लाहोरसम्म वस यात्रा गरेका थिए । आफ्नो प्रतिनिधिमण्डलमा फिल्म अभिनेता देवानन्द, शत्रुधन सिन्हा, लेखक कुलदीय नैयर अन्य अब्वल दर्जाका व्यक्तित्वहरू लगेका थिए । पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफ र भारतीय प्रधानमन्त्री वाजपेयीबीच एक घोषणा भयो, जसलाई लाहोर घोषणा भनिन्छ । लाहोर घोषणाको माध्यमबाट दुई मुलुकहरूका बीच सहयात्रा र सद्भावको युगमा प्रवेश गर्ने प्रतिवद्धता देखाएतापनि शान्तिको दस्तुरको रूपमा भारतले युद्ध व्यहोर्नु पर्यो । बाजपेयी पाकिस्तान भूमिमा हुँदा नै भारतीय भूमिमा आतंकको गतिविधि देखिन लाग्यो । अर्थात् भारत पाकिस्तानबीच कारगिल युद्ध हुनगयो । सन् १९९९, पे्रmबुवरी २१ मा भारतले युद्धको शंखनाध गरेको देखिन्छ । १८ हजार फिट पहाडी उचाईंमा भारतको १४० वटा बंकरहरूमा पाकिस्तानी सैनिकहरू आफ्नो कब्जा कायम गरेका थिए ।
कश्मिरको एक पहाडी जिल्ला रहेको कारगिलमा भारतले पाकिस्तान विरुद्ध “अपरशेन विजय”, “सफेद सागर” र “तरवार” चलाएको देखिन्छ । अन्तर्राष्ट्रिय समर्थन र सद्भाव प्राप्त गर्न अटलबिहारी बाजपेयी सरकारका परराष्ट्रमन्त्री जसवन्त सिंहले भारतको संयमता र वाध्यताको वारेमा अन्तर्राष्ट्रिय समुदायलाई जागृत गराएका थिए । राजीव गान्धीको समयमा खरिद गरिएको “वोफोर्श” को हतियार उक्त अपरेशनको लागि अधिक लाभदायक सिद्ध भएको थियो । कारगिलमा भारतीय सैनिकहरू आफ्नो अधिपत्य कायम गर्न सफल भएको देखिन्छ । कूटनीति संयमताको विज्ञान हो भन्ने सिद्धान्तलाई मध्यनजर गर्दै बाजपेयी सरकारले पाकिस्तानका तत्कालीन सैनिक मुखिया परवेज मुखियालाई सन् २००२ मा भारतका आग्रामा निमन्त्रणा गरेका थिए । आग्रा वार्ताद्वारा भारत पाकिस्तानबीच रहेका अधिकांश समस्यालाई सम्वोधन गर्न प्रयास भएकोे थियो । वाजपेयीले आप्mना सरकारका मन्त्रीहरू लाककृष्ण आडवाणी, मुरली मनोहर जोशी, जसवन्त सिंहसहित आग्रामा मुसरफसंग सन्धी र सम्झौता गर्न तमतयार रहेका थिए । तर वार्ता असफल हुनगयो । कस्मिरमा भइरहेका आतंकवादीहरूलाई मुसरफले स्वतन्त्रताको आन्दोलनको संज्ञा दिदै वार्ताको उद्देश्यलाई नै तुषरापात गरे ।
आतंकवादीहरूको विगविगी कम भएन । काठमाडौंबाट इण्डियन एयरलायन्स अपहरण र भारतीय संसद भवनमा भएको आतंकवादी हमलालाई कायरता र क्रुरताको उदाहरणको रूपमा लिन सकिन्छ । सन् २०१४ मा मोदीको आगमनले भारतमा भइरहेको आतंकवादी र हिंसक हमलामा लगाम लागेको देखिन्छ तर पूर्णरूपमा निस्तेज भएको पाइदैन । उरी घटना र पठानकोट घटना यसका प्रतिनिधि उदाहरणहरू हुन । सन २०२५ अप्रिल २२ मा कश्मिरको पहलगाममा भएको विभत्स र अमानवीय घटनाले कश्मिरमा भइरहेको आतंकवादी र कट्टरपन्थीहरूको वर्वरतालाई जगजाहेर गरेको देखिन्छ । वर्तमान परिवेशमा भारत सबभन्दा तीव्र गतिले आर्थिक वृद्धि गरिरहेको अर्थतन्त्र हुन गएको छ । सन् २०३० मा नै विश्वको तेस्रो अर्थतन्त्र हुने लक्ष लिएको भारतले आफ्नो विकास यात्रामा अर्जुनदृष्ट्रि दिएको देखिन्छ । वर्तमान परिवेशमा अमेरिका लगायत पश्चिमा शक्ति केन्द्रहरूसंग सघन सम्बन्ध हुनु र मध्य एसियामा इश्लामिक राष्ट्रहरूसंग मैत्रीपूर्ण सम्बन्ध हुनु जस्ता कारणहरूले गर्दा भारतको कूटनीतिक पदचाप बढेको देखिन्छ ।
अर्कातर्फ तीब्ररुपमा धर्मगुरु र सैनिक शासकको चपेटामा फसेर पाकिस्तान पछौटेपनको शिकार भएको छ । एक अध्ययन अनुसार पाकिस्तानका २ करोड बालबालिकाहरू शिक्षाको दियालोबाट वञ्चित रहेका छन् भने बहुविवाह तीब्ररुपमा वढ्दै गएको छ । राजनीतिक अस्थिरताको साथै बालुचिस्तान विखण्डतर्फ गइरहेको छ भने पाकिस्तानी धरातलबाट पालनपोषण भएका आतंकवादी गतिविधिहरू समेत पाकिस्तानको नियमित दिनचर्या भएको छ । पाकिस्तानका सैनिक मुखिया मुनीरले आफ्ना प्रभावलाई बढाउन जिन्हाको “टु नेशन थ्यौरी”लाई मुलमन्त्र बनाएर समाजिक सद्भावलाई खण्डित गरेका छन । हिन्दु र मुशलमानसंग बस्न नसक्ने उद्घोषले समाजिक सद्भावमा समेत प्रभाव पारेको देखिन्छ । भर्खरै पहलगाममा भएको आतंकवादी घटना हुनुभन्दा चार दिन पहिले पाकिस्तानी सैनिक मुखियाको यो अभिव्यक्ति अर्थपूर्ण रहेको छ ।
पहलगामा घटना पश्चात भारतले केही कूटनीतिक अश्त्र प्रयोग गरेको छ । कूटनीतिक आयोगका अधिकारीहरू फिर्ता, पाकिस्तानी नागरिकहरूलाई फिर्ता, नदी सम्झौता निस्तेज जस्ता क्षेप्याश्त्रहरू प्रयोग गरेको छ । प्रतिशोधमा पाकिस्तानले सिमला सम्झौतालाई नमान्नेसमेत उद्घोष गरेको छ । साथसाथै आफ्नो हवाई अड्डा समेत रोक्ने घोषणा गरेका छन् । भारत पाकिस्तानको बढ्दो तनावको बाछिटा अन्य मुलुकहरूमा समेत पर्ने जानकारहरूको बुझाई छ । वर्तमान परिवेशमा हिन्दु संघ र सङ्गठनको समेत चर्को दवाव रहेको छ । हरेक हिंसात्मक गतिविधिमा हिन्दुहरू नै हिंसाको शिकार हुनुपर्ने कुरा मानवीय मूल्य र मान्यता विपरित रहेको छ । सन् २०२५ मा नै बंगलादेशमा २४ सय पटक हिन्दुहरूमाथि आक्रमण भएको छ । सन् १९४७ देखि हालसम्म कश्मिरको ज्ञान, विज्ञान, संस्कृती र सभ्यतालाई पुलकित गर्ने कश्मिरी पण्डितहरूका करुणाका कथाहरूलाई इतिहासको शिलालेखले समेत वर्णन गर्न सकिदैन । यस्तो विषम परिस्थितिमा भारत पाकिस्तानको साझा दायित्व नै आतंकवादीमाथि लगाम लगाउनु हो । यसदिशातर्फको दकम नै दुई देशको मात्र नभईसमग्र मानव कल्याण र बिश्वहितमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्