जिरी आउने पर्यटकको छोटो दूरीको पर्यटकीय यात्रा हाइकिङमा जाने गर्दछन्। पाँचपोखरी, जाटोपोखरी यात्रा, मिर्थुले बायाँ पाखाको गोटेबडेसम्मको यात्रा र गुरुंग पार्कबाट होटल नागी हुँदै मन्थली हुँदै पुग्न सकिने अन्यन्त रमणीय मुक्त सन्ध्यानको गन्तब्य मानिन्छ । जिरी, पर्यटन क्षेत्र मात्र नभइ श्रमप्रवासनको पनि प्रमुख केन्द्र हो । नेपालको पहिलो मानिने जिरी प्राविधिक शिक्षालय र नेपालको एक मात्र गाई आनुवंशिक स्रोत केन्द्र जिरीमै छ ।
संगीता आचार्य
नेपालको स्वीटजरल्याण्ड भनेर परिचित दोलखाको जिरी पुग्दा जोकोहीको मनमा छाउने रहेछ नयाँ जोश अनि उत्साह । प्राकृतिक सुन्दरताले भरिपुर्ण जिरी स्वर्गकै एक टुक्रा जसरी मनमोहन बनेर सवैको मन लोभ्याउने गरी सामुन्नेमा उभिदो रहेछ । बिश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिवर जाने पहिलोको मुख्य रुट यही जिरी थियो । पर्यटक सगरमाथा आउने भएकै कारण जिरीलाई स्वीटजरल्याण्डसँग दाँजिएको हुनुपर्छ ।
जिरी दोलखा जिल्लामा अवस्थित एक प्रसिद्ध नगर हो । जुन ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । जिरी दोलखा जिल्लाको पश्चिम भागमा पर्छ र समुद्र सतहबाट करिब १,९०५ मिटरको उचाइमा अवस्थित छ । यसलाई हिमाली पर्यटनको प्रवेशद्वार पनि भनिन्छ, विशेष गरी सगरमाथा जाने पुरानो पदमार्ग यहीँबाट सुरु हुन्थ्यो ।दोलखाको पर्यटकीय नगरी जिरी देश विदेशमा विशिष्ट पहिचानको नाम हो । नेपालको स्विट्जरल्याण्ड भनिने जिरी प्राकृतिक सुन्दरताको धनी । जिरीलाई “स्वीस अफ नेपाल” पनि भनिन्छ । किनभने स्विट्जरल्यान्डको प्राकृतिक सौन्दर्य, हरियाली र मौसम जिरीको जस्तै छ भन्ने गरिन्छ ।
जिरीलाई विश्वसामु चिनाउने स्वीस नागरिक टोनी ह्यागन हुन । स्वीस भूगर्भविद ह्यागनको सम्झनामा जिरी बजारको केही माथि टोनी ह्यागन इकोलोजिकल पार्क निर्माण गरिएको छ । यहाँ विभिन्न प्रजातिका बोटबिरुवा, जडीबुटी लगायतलाई संरक्षण गरिएको छ । उक्त पार्कभित्र दूधेश्वरी महादेव, गोकुलेश्वर महादेवको मन्दिरका साथै गुफा पनि छ । पार्कको शिरमा रमिते डाँडा छ, जहाँबाट जिरी बजारको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
विनाशकारी भूकम्पबाट प्रभावित भएपनि हालको अवस्थामा जिरी आकर्षक पर्यटकीय गन्तब्यको रूपमा स्थापित हुँदै गएको छ । प्राकृतिक सम्भावनाले भरिएको जिरी धर्मिक र सांस्कृतिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । जिरी, शिलुङ जातिको उद्गम थलो हो, जहाँ शेर्पा, तामाङ, सुनुवार, नेवार, जिरेल, क्षेत्री, ब्राह्मण लगायतका जातजातिको बाक्लो बसोबास रहेको छ । जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी यहाँका जातजाति, भौगोलिक र सांस्कृतिक विविधताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताउनु हुन्छ । उहाँ जिरी साँच्चीकै सुन्दर स्थान रहेको कुरामा दुविधा नरहेकोले पर्यटकका लागि उत्कृष्ट गन्तब्य रहेको बताउनु हुन्छ ।
हुन त आर्थिक दृष्टिले जिरीको पुरानो हटस्पट (हालको मोडेलडाँडा) र खानेपानी मुख्य स्रोतका रूपमा रहेको छ । जिरीमा कृषिको मुख्य उत्पादन आलु हो । जिरी आउने पर्यटकले यहाँको हरियाली, चिसो मौसम, सुन्तला, आलु, घ्यु र छुर्पीको स्वाद लिने गरेको जिरी नगरपालिका उपप्रमुख बुढाथोकी बताउनु हुन्छ । जिरी आउने पर्यटकहरुलाई असंख्य खालाका पर्यटकीय स्वादहरु खुवाउने गर्छ। जिरीमा रहेका तेजेङ–हिल्टाङ पार्क, टोनी हागन पार्क, स्टान पार्क, गोम्चेर्सी पार्क, बुद्द पार्क, गुरुंग पार्क र स्टोन पार्कमा पर्यटकहरुले मजा लिन सक्छन ।
जिरी नगरपालिकामा या यहाँका पाँचपोखरी ऐतिहासिक, धार्मिक र पर्यटकीय केन्द्र हो । स्वर्गको एउटा टुक्रा मानिने यो स्थानमा जनैपूर्णिमा लगायत मेलाहरू लाग्ने गर्दछन ।हुम्लाबाट रुघ्नीजाङ्ग्री बुढी नानीको लागि जिरी भएरै ल्हासा जानुपर्ने, जिरोकर महाद्वार, हेल्पसेर महाद्वार, हात्तीसुन्डे काल्डीला, जिरी गुम्बा लगायतका सम्पदाहरु गुम्बा, देउता पार्क चिचिला पार्क, बुद्ध पार्क, गुरुंग पार्क, शिव मन्दिर लगायतका धार्मिक परिसरहरु अर्को गन्तब्य रिङमोझे भ्यू पोइन्ट थाङ्देलेङ्गका देखि देखिने आकाशको बाटो हो ।
यहाँको अर्को विशेषता भनेको दोलखा भिमेश्वर मन्दिर (बिम्षेन) मन्दिर एक प्रसिद्ध धार्मिक स्थल हो । यो मन्दिर भीमसेन देवता अर्थात् महाभारतका भीमलाई समर्पित गरिएको छ । यहाँको मूर्तिले रुवाइ, पसिना आउनु वा रंग परिवर्तन जस्ता चमत्कारी लक्षण देखाउने विश्वास गरिएको छ, जुन देशमा कुनै ठूलो घटना वा संकट आउन लाग्दा देखिन्छ भन्ने विश्वास रहि आएको पाईन्छ । यस्तै कालिन्चोक, शैलुङजस्ता ऐतिहासिक धार्मिक तथा ऐतिहासिक स्थल पनि दोलखामा रहेका छन ।
जिरी आउने पर्यटकको छोटो दूरीको पर्यटकीय यात्रा हाइकिङमा जाने गर्दछन्। पाँचपोखरी, जाटोपोखरी यात्रा, मिर्थुले बायाँ पाखाको गोटेबडेसम्मको यात्रा र गुरुंग पार्कबाट होटल नागी हुँदै मन्थली हुँदै पुग्न सकिने अन्यन्त रमणीय मुक्त सन्ध्यानको गन्तब्य मानिन्छ । जिरी, पर्यटन क्षेत्र मात्र नभइ श्रमप्रवासनको पनि प्रमुख केन्द्र हो । नेपालको पहिलो मानिने जिरी प्राविधिक शिक्षालय र नेपालको एक मात्र गाई आनुवंशिक स्रोत केन्द्र जिरीमै छ ।
सत्तल बग्ने जिरी खोला, विन्कन बजारको दक्षिणपर्वत रहेको समर्पर फाँटमा देखिने उन्त जातको गाईको लस्करले पनि जिरीको सुन्दरतालाई थपिदिएको छ । जिरीको पर्यटन प्रवद्र्धनका लागि जिरी नगरपालिकाले ‘भ्रमण जिरीको, भरमन गरौं जिरी’ भन्ने नाराका साथ माघ २०८५ लाई जिरी भ्रमण वर्षको रूपमा मनाउने भएको छ । यो भ्रमण बर्षले पक्कै पनि जिरी स्वदेसी तथा बिदेसी पर्यटक लोभ्याउने गरी स्थापित हुनेछ भन्नेमा दुविधा लिन सकिन्न ।
प्रतिक्रिया दिनुहोस्