कर्णलीसमाचारसमाज

पेट्रोलियम पदार्थको अन्वेषणमा प्रयोग भएका मेसिनहरु बिग्रँदै, १० वटा इनार खन्दा एउटा मात्र सफल

 

काठमाडौं, मंसिर ११ ।  दैलेखको श्रीस्थानमा पेट्रोलियम पदार्थको अन्वेषणमा प्रयोग भएका मेसिनहरु बिग्रँदै गएका छन । जमिनको करिब १५ देखि १८ मिटर मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि अधिकांश ठाउँमा कडा चट्टान भेटिएपछि अन्वेषण प्रयोग गरिएका मेसिन विग्रिएका हुन । चट्टानका कारण मेसिनहरू छिटो बिग्रन थालेको अन्वेषण टोलीका मानव संसाधन प्रमुख सूर्यमणि लामिछानेले बताउनुभएको छ । सर्भे र ड्रिलिङको काम तीव्र गतिमा हुनुपर्ने भए पनि भौगोलिक विकटता र कडा चट्टानका कारण समस्या उत्पन्न भएको प्रमुख लामिछाने बताउनुहुन्छ । मुख्य सर्भेको काम १२ लाइनमा हुने गरेपनि दैलेखमा दुई लाइनमा काम भईरहेको छ ।

चट्टानका कारण अन्वेषण क्षेत्रमा ल्याइएका २० मध्ये अधिकांश मेसिन बिग्रिएका छन । मेसिन मर्मत गर्दै काम गरिरहेको अन्वेषण टोलीले जनाएको छ । अहिले १० वटा मेसिनले नियमित काम गरिरहेका छन । समथर भूभाग भएको भए दिनमा ३० देखि ४० स्थानमा ड्रिलिङ सकिने प्रमुख लामिछाने बताउछन । उहाँका अनुसार १५ किलोमिटर आसपासमा फैलिएको पेट्रोलियम पदार्थको अन्वेषण गर्न विभिन्न स्थानमा सर्भे र डिलिङको काम भइरहेको छ ।

पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण भीरपाखा र खेतबारीमा समेत भइरहेको छ । टोलीले अन्वेषणको कामका लागि चार समूह विभाजन गरेको छ । अहिले तीन समूहले मिलेर अन्वेषणको काम गरिरहेको प्रवर्द्धन परियोजना विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताउनुभो । अन्वेषण टोलीको नेतृत्व चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरिरहेका छन् ।

हाम्रो देशको तराई र चुरे पेट्रोलियम पाउन सकिने सम्भावित भू–क्षेत्र हो । ५०,००० वर्ग कि।मि। क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई बराबर जस्तो हुने गरी उत्तरबाट दक्षिणतिर १० अन्वेषण खण्डमा विभाजन गरिएको छ ।

नेपालमा पहिलोपटक पेट्रोलियम कार्य गर्न सम्झौता गरिएका कम्पनी रोयल शेल र अमेरिकी ट्राइटन कम्पनीले मोरङको बाहुनीमा एउटा इनार खन्न ९अन्वेषण० मात्रका लागि १९८९ ताका एक करोड ७० लाख अमेरिकी डलरभन्दा बढी ( एक अर्ब ७० करोडभन्दा बढी) नै खर्च गरेको आधिकारिक अभिलेख छ ।

अन्वेषणबाट कदमकदाचित हाइड्रोकार्बनको सङ्केत पाइयो भने, सर्वप्रथम सो भण्डारको विकास गर्न ‘लाभप्रद’ छ छैन भनेर मूल्याङ्कन गरेर सो सकारात्मक भए उत्खनन्को अर्को चरण शुरु हुन्छ । यसरी अर्को चरणमा अन्वेषण गर्दा पहिलो चरणको अन्वेषणमा गरिएको खर्चको तुलनामा १० गुणा बढी खर्च लाग्ने अन्तर्रािष्ट्रय पेट्रोलियम उद्योगको अभ्यास देखिएको छ ।

अन्तराष्ट्रिय पेट्रोलियम उद्योगको अनुभवमा सामान्यतया १० वटा इनार खन्दा (ड्रिलिङ) एउटा मात्र सफल हुन्छ । पेट्रोलियमको अन्वेषण र विकासमा गरिने लगानी उच्च जोखिमयुक्त रहेको हुन्छ । युनाइटेड स्टेट्स जियोलजिकल सर्भेको १९९३ मा प्रकाशित एक प्रतिवेदनमा पृथ्वीमा करिब २।१ देखि २।८ ट्रिलियन ब्यारेल उत्खनन् गर्न सकिने (रिकभरएबल) पेट्रोलियमको भण्डार छ ।

यसमध्ये दुईतिहाइ भण्डार मध्यपूर्वमा पर्छ । यस अतिरिक्त रुस, भेनेजुयला र नाइजेरियामा पेट्रोलियममका ठुल्ठूला भण्डार छन, यस्तै अमेरिकामा पनि पेट्रोलियम पदार्थको निकै ठूलो भण्डारण छ, जसलाई अमेरिकाले उत्खनन् नगरी राखेको छ । हाम्रो देशको तराई र चुरे पेट्रोलियम पाउन सकिने सम्भावित भू–क्षेत्र हो । ५०,००० वर्ग कि।मि। क्षेत्रफलमा फैलिएको यो क्षेत्रलाई बराबर जस्तो हुने गरी उत्तरबाट दक्षिणतिर १० अन्वेषण खण्डमा विभाजन गरिएको छ ।

Comment here