जनता टाइम्स

१८ मंसिर २०७६, बुधबार १६:२९

सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले गरे कर्मचारी समायोजनको समस्या समाधान गर्ने यस्तो अठोट


नवलपरासी, मंसिर १८ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाईने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको विभिन्न स्थानमा आज आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उहाँले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने जानकारी दिनुभयो ।

मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने छ भन्नुभयो ।