जनता टाइम्स

१८ आश्विन २०८३, आईतवार २०:१०

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिवको चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’


काठमाडौं, असोज १८ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति चिन्ता बढेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनताबाट विश्वास प्राप्त प्रधानमन्त्रीले संसद् र जनताको आवाज नसुनेको आरोप लगाउनुभयो।

‘लोकतन्त्रको भविष्यप्रति चिन्ता छ। जनताले विश्वास गरेको प्रधानमन्त्रीले संसद्लाई सुन्नुहुन्न, जनतालाई सुन्नुहुन्न,’ उहाँले प्रश्न गर्नुभयो, ‘हामी जनताको शासनमा हिँड्दै छौँ कि अधिनायकको बाटोमा हिँडेका छौँ?’

उहाँले लोकतान्त्रिक मूल्य–मान्यता र संसदीय प्रणालीको मर्यादा जोगाउन प्रमुख राजनीतिक दलहरू गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।