काठमाडौं, असोज १८ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आगामी मंसिरमा भारत भ्रमण गर्ने गरी तयारी अघि बढाइएको छ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री बालेनले सन् २०२६ नोभेम्बरको अन्तिम साता वा डिसेम्बरको पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै निश्चित भइसकेको छैन।
प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका अधिकारीबीच छलफल भइरहेको स्रोतले जनाएको छ। भ्रमणका लागि विभिन्न मन्त्रालयसँग आवश्यक एजेन्डा संकलन गर्ने काम भइरहेको छ।
सबै मन्त्रालयबाट एजेन्डा प्राप्त भएपछि भारतसँग थप छलफल गरिने तयारी छ। भ्रमणका क्रममा भोटेकोसी बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माणलाई उच्च प्राथमिकता दिने तयारी रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई टेलिफोनमार्फत बधाई दिँदै भारत भ्रमणको निम्तो दिनुभएको थियो। त्यसयता विभिन्न कारणले भ्रमण हुन सकेको थिएन।
प्रधानमन्त्री बालेन भारत भ्रमणका लागि तयार भएपछि परराष्ट्र मन्त्रालयले भ्रमणको तयारीलाई तीव्र बनाएको बताइएको छ।












प्रतिक्रिया दिनुहोस्