काठमाडौं, असोज १८ । बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवताल गाउँपालिका–६ रौवाहीकी १४ वर्षीया निशा पटेल र सोही स्थानकी १४ वर्षीया चाँदनी पटेल रहेका छन् ।
प्रहरीका अनुसार जितिया पर्व मनाउने क्रममा अभिभावकसँगै पोखरीमा नुहाउन गएका उनीहरू शनिबार साँझ डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेनौलीबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा पोखरीमा खोजी सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिनुभयो ।
खोजीका क्रममा पोखरीको उत्तरतर्फको किनाराबाट दक्षिणतर्फ पानीमा दुवै किशोरी मृत अवस्थामा फेला परेका थिए ।
मृतक दुवै किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्