जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार १२:१९

मानवअधिकार एलाइन्स बागमती प्रदेशको अध्यक्षमा नातिबाबु धिताल चयन


काठमाडौं, असोज १९ । मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) बागमती प्रदेश समिति र राजधानी प्रदेश समितिको चौथो संयुक्त प्रदेश सम्मेलनले नातिबाबु धितालको अध्यक्षतामा बागमती प्रदेश समिति चयन गरेको छ।

सम्मेलनले धितालको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो। नवनिर्वाचित समितिको उपाध्यक्षमा रामचन्द्र न्यौपाने, सचिवमा तिलक कार्की, सह–सचिवमा रामचन्द्र घिमिरे र कोषाध्यक्षमा कोपिला दुवाडी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सीता कुमारी आचार्य, सुभन्द्रा हुमागाईं खनाल, भुपेन्द्र कुमार पाख्रीन, भवानी श्रेष्ठ, नवीन खनाल र टिकाराम आचार्य चयन हुनुभएको छ।

सम्मेलनले लेखा समिति संयोजकमा हरिप्रसाद तिमिल्सिनालाई चयन गरेको छ।