जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार १२:४३

इनरुवामा साढे २ टन बढी गाँजासहित दुई जना पक्राउ


सुनसरी, असाेज १९ । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।

सोमबार राति ११ः५० बजे सखुवागाछी चोकमा चेकजाँचका क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकी जाँच गर्दा बन्दागोपीले छोपेर राखिएको ८३ बोरा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले ट्रक चालक धनकुटा शहीदभूमि–२ का ३३ वर्षीय राजु राई र १८ वर्षीय सहचालक सन्दिप राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।