जनता टाइम्स

१९ आश्विन २०८३, सोमबार १३:११

बेलायत उडे प्रधानसेनापति सिग्देल, केसीलाई कामु सेनापतिको जिम्मेवारी


काठमाडौं, असोज १९ । प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गर्नुभएको छ ।

बेलायती सेनाका चिफ अफ जनरल स्टाफ सर रोली वाकरको निमन्त्रणामा प्रधानसेनापति सिग्देल बेलायत भ्रमणमा जानुभएको हो ।

आफू बेलायत उडनुअघि प्रधानसेनापति सिग्देलले बलाधिकृत रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्नुभएको छ ।

सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केसीले नै बिदाइ गर्नुभएको थियो । प्रधानसेनापति सिग्देल असोज १९ देखि २५ सम्मको पूर्वनिर्धारित तालिकाअनुसार बेलायत जानुभएको हो ।